मधेश प्रदेशको एक हुलाक कार्यालयका कर्मचारीको मनोमानीका कारण मधेश प्रदेश हुलाक निर्देशनालय अर्निणयको बन्दी बनेको छ।ईलाका हुलाक कार्यालय ढल्केबरमा कार्यरत नायव सुब्बा सुर्य बहादुर थापा मगरको मनोमानीका कारण मधेश प्रदेश हुलाक निर्देशनालय अर्निणयको बन्दी बनेको पाइएको छ ।
आफु निजामती कर्मचारी भएपनि विभिन्न राजनीतिक दलका नेताहरुको घर तथा कार्यालयमा धाउने र आफुलाई कहाँ कहाँ जान मन लाग्छ त्यही दौडिन खप्पीस मानिएका थापा मगर मंसिर ५ गते आफु कार्यरत रहेको ईलाका हुलाक कार्यालय ढल्केबरमा बिरामी बिदा लेखि मंसिर ६ गतेबाट १३ गते सम्मको लागि बिदा मागर गरी उपचारको वाहनामा विभिन्न राजनीतिक दलका नेताहरुको घर दैलो र पार्ट कार्यालयहरुका साथै आफ्नो हुलाक सेवा विभागमा गएर ज्यू हजुरी गरी महिनै पच्छिे काज सरुवा मिलाउन व्यस्त नायव सुब्बा थापा मगर निजामती सेवा ऐन २०४९ को परिच्छेद ७ को ४१ र ४२,निजामती सेवा नियमावली २०५० को परिच्छेद ९ नियम १२२,निजामती सेवाका कर्मचारीहरुको आचरण सम्बन्धी नियमावली २०६५ को समेत पालना नगरी बिदा समेत स्वीकृत नगराई उनी कार्यालय छाडि हिडेका पाइएको हो ।
एउटै कार्यालयमा कर्मचारी कर्मचारीहरु विच झगडा लगाउने,गैर जिम्मेवार,विभागमा समेत छवी विगारेका,आर्थिक चलखेल गर्ने,आफ्नो अनुकुल नभए जे गर्नपनि तयार रहने र कार्यालयमा रहँदा ओसी समेत नराख्ने र जहाँ गएपनि सूचना अधिकारी वा प्रशासन शाखा नै चाहिने नायव सुब्बा थापा मगर ईलाका हुलाक कार्यालय ढल्केबर गएको करिब एक महिना मात्रै भएको भएपनि उनी फेरी विभिन्न राजनीतिक दलका नेताहरुको घर दैलोमा धाएर आफ्नो काज फिर्ता गर्न तयार भएका पाइएको छ ।
यता,सो विषयमा मधेश प्रदेश हुलाक निर्देशनालयका निमित्त प्रमुख विवेक ढुंगानालाई सोध्दा उनले आफुलाई नायव सुब्बा थापा मगरको बिदाको सवालमा कुनै जानकारी नभएको र उनको बिदा स्वीकृत नभएको बताए।उनले कमलामाई मिडिया प्रा.लिसंग कुरा गर्दै मधेश प्रदेश हुलाक निर्देशनालयका निमित्त प्रमुख ढुंगानाले नायव सुब्बा थापा मगरको विषयमा आफुलाई कुनै जानकारी नभएको र आफुले बुझेर बताउने भने।
कमलामाई मिडिया प्रा.लिले आईतबार ईलाका हुलाक कार्यालय ढल्केबरमा पुगेर नायव सुब्बा थापा मगरको सवालमा कार्यालय प्रमुख रोशन ठाकुरलाई सोध्दा उनलेपनि नायव सुब्बा थापा मगरको बिदा सम्बन्धी निवेदन मंसिर ५ गते आएको भएपनि स्वीकृत नभएको स्वीकार गरे ।सो विषयमा नायव सुब्बा थापा मगरलाई फोन गर्दा फोन लागेन् ।उनी बिरामी बिदा बस्ने भनि निवेदन लेखेर काठमाण्डौँमा हुलाकसेवा विभागका साथै विभिन्न राजनीतिक दलका नेताहरुको घरदैलोमा धाएका पाइएका छ ।संघीय लोकतान्त्रीक गणतन्त्र नेपाल यीनै नायव सुब्बा थापा मगरलाई आएको जानकारहरु बताउँछन् ।