Close This

यो समय सबैले सरकारलाई साथ दिने समय हो : शान्ता चौधरी

पत्र पत्रिका    प्रकाशित: २०७७-१-४ गते   ८५० पटक हेरिएको

नेपाल कम्युनिष्ठ पार्टीकी सचेतक एवं सभासद् शान्ता चौधरीले यो समय सरकारको विरोध र आलोचना गर्ने नभएको बताउनुभएको छ । कोरोना महामारीको यस समयमा राष्ट्रिय एकता आवश्यक रहेको बताउनुहुँदै उहाँले सरकारले महामारी रोकथामका लागी चालेका कदमहरु सही भएको बताउँदै सबैले साथदिनुपर्ने बताउनुभएको हो ।

सिंगो मानवजाती नै संकटसँग जुदिरहेको यो समयमा केही गल्ती भएको भए त्यसका लागि पछि बहस, छलफल र कार्वाहीगर्न सकिने बताउँदै उहाँले यत्तिखेर सरकारले चालेका कदमहरुलाई साथ दिनुपर्नेमा जोड दिनुभएको छ ।बाचे राजनीति गर्न जतिपनि पाइने भन्दै चौधरीले यो समय पक्षप्रतिपक्ष नभनी सामुहिकरुपमा लड्ने समय रहेको बताउनुभएको हो ।

कोहीसकैका कमीकमजोरी भए संसदमा आवाज उठाउन पाइने व्यवस्था रहेको र अख्तियार लगायतका संस्थाहरु पनि रहेको भन्दै अहिलेको यस समयमा संकटसँग जुद्न छोडेर अनावश्यक हल्ला गर्न आवश्यक नरहेको उहाँले प्रष्ट पार्नुभएको छ ।नेपालमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था रहेको र यस व्यवस्थामा राजानीति गर्न पाइने भन्दै उहाले यो समयमा अनावश्यक टिक्का टिप्पणी गर्नुको अर्थ नभएको बताउनुभएको हो ।सामाजिक संजाल फेसुबममा एक स्ट्याटस लेख्दै चौधरीले कोरोना महामारीसँग जुद्न सबैको एकता नभए हारिने बताउनुभएको हो ।

हेर्नुहोस् माननिय चौधरीको फेसबुक स्ट्याटस :

संसद छ बोल्न पाईन्छ , बहस , छलफल , असमती सबै राख्न पाईन्छ । सडक छ चिच्याउन पाईन्छ। हात हातमा मोबाइल छ चित नबुझेका कुरा लेख्न पाईन्छ । झण्डा बोक्न पाईन्छ , राजनीति गर्न पनि मज्जाले पाईन्छ । भ्रष्टाचार भएको भए अख्तियार र अदालत छ मुद्दा हाल्न पाईन्छ , पुष्टि हुँदाका दिन कार्वाही गर्न पाईन्छ । हाम्रो व्यवस्था तानाशाही हैन । हाम्रो शासन निरंकुश छैन । तर अहिले सिंङ्गो मानव जातिको प्रमुख दुश्मन बदलिएको छ । मानव अस्तित्व रक्षा गर्ने लडाईं छ । एकता नभए हारिन्छ । हार्दा मानव सभ्यता नै समाप्त हुन्छ । त्यसैले आउनुहोस सबै मिलेर लडौं । अहिले अरु कुरा गरेर कामकुरो एकातिर, कुम्लो बोकी ठिमीतिर नगरौं । सरकारले हाम्रै जीवन रक्षार्थ सबै खालका पहल गरेको छ । म त सरकारलाई मुक्तकण्ठले सम्मान गरेर साथ दिन्छु र तपाईंहरुाई पनि साथ दिन आग्रह गर्दछु

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech