चक्रघट्टाद्धारा आर्थिक वर्ष २०८०/०८१ को आय व्यय,नीति तथा कार्यक्रमहरु सार्वजनिक

743 Shares

दुर्गा कुमारी अधिकारी 
सर्लाहीको चक्रघट्टा गाउँपालिकाले १२ औं गाउँसभा मार्फत आर्थिक वर्ष २०८०/०८१ को अनुमानित आय व्यय,नीति तथा कार्यक्रमहरु सार्वजनिक गर्दै गाउँसभाको उद्घाटन गरेको छ ।
चक्रघट्टा गाउँपालिकाले १२ औं गाउँसभा मार्फत आर्थिक वर्ष २०८०/०८१ को अनुमानित आय व्यय,नीति तथा कार्यक्रमहरु गाउँपालिकाका अध्यक्ष कृष्णा कुमार यादवले प्रस्तुत गर्दै १२ औं गाउँसभा उद्धघाटन गरेका हुन ।
शिक्षा,स्वास्थ्य,कृषि,पर्यटन,पुर्वाधार र भौतिक विकासलाई विशेष प्राथमिकतामा राखेर सबै जनप्रतिनिधि जनचाहना अनुरुप इमानदारीतापुर्वक  लाग्ने गरी आर्थिक वर्ष २०८०/०८१ को बजेट आउने गाउँपालिका अध्यक्ष यादवले बताए ।
आर्थिक वर्ष २०८०/०८१ को लागि चक्रघट्टा गाउँपालिकाको कुल बजेट रु ३५ करोड  ६४ लाख ३६ हजार अनुमान गरिएको प्रमुख प्रशासकीय अधिकृत संजिव कुमार यादवले जानकारी दिए ।उनका अनुसार ९ वटा वडाहरु रहेको चक्रघट्टा गाउँपालिकाले जिल्लाका २० स्थानीय तहहरुको  तुलनामा आर्थिक वर्ष २०८०/०८१ को अनुमानित आय व्यय,नीति तथा कार्यक्रमहरु सबै भन्दा पहिला प्रस्तुत गरेको हो ।

सम्बन्धित समाचार