ट्राफिक प्रहरी कार्यालय मधेश प्रदेशद्धारा करिब दुई करोड राजस्व संकलन

515 Shares

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यावस्थापन कार्यालय पथलैया बारा मधेश प्रदेशले एक महिनामा करिब रु दुई करोड राजस्व संकलन गरेको छ ।चालु आर्थिक वर्ष ०८१÷०८२ को पहिलो साउन महिनामा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यावस्थापन कार्यालय पथलैया बारा मधेश प्रदेशले रु एक करोड ७१ लाख ४६ हजार छ सय ५० राजस्व संकलन गरेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यावस्थापन कार्यालय पथलैया बारा मधेश प्रदेशका प्रमुख एवम प्रहरी उपरीक्षक भीम किरण बोगटीले जानकारी दिए ।
 उनका अनुसार मधेश प्रदेशका आठ जिल्लामा रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालयहरु र मातहतका ट्राफिक प्रहरी कार्यालयहरूले आर्थिक वर्ष ०८१÷०८२ को पहिलो साउन महिनामा ट्राफिक नियम विपरीत सञ्चालित १९ हजार सात सय ३९ सवारी साधनहरुबाट दण्ड जरिवाना गरी रु.एक करोड ७१ लाख ४६ हजार छ सय ५० राजस्व संकलन गरेको हो।जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीले रु २४ लाख १९ हजार पाँच सय राजश्व संकलन गरेको कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार