Close This

मरिण खोलाले बगाउँदा १ जनाको मृत्यु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-६-१३ गते   ३०३० पटक हेरिएको

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ५ का एक जनाको मरिण खोलाले बगाउँदा ज्यान गएको छ ।  
हरिहरपुरगढी ५ निवासी बाबुलाल घलानको मरिण खोलाले बगाउँदा ज्यान गएको हरिहरपुरगढी ५ का वडा अध्यक्ष झलक कुमार माझीले  जानकारी दिनु भयो । उनि श्रीमतीलाई हस्पिटल जानको लागि झ्याडी सम्म पुर्याएर फर्कने क्रममा मरिण खोलाले  बगाएको माझीले जानकारी दिनु भयो । 
सोमबार दिउँसो करिब ३ बजे मृतकको शव पोस्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोट पुर्याएको वडा अध्यक्ष माझीले जानकारी दिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech