जिल्लाका कार्यालय प्रमुखहरुलाई सेवाग्राहीको गुनासो नआउने गरी काम गर्न प्रमुख जिल्ला अधिकारी अधिकारीको निर्देशन

481 Shares

सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले सेवाग्राहीहरुको गुनासो नआउने गरी सेवा प्रवाहको प्रवन्ध मिलाउन निर्देशन दिएका छन् ।करिब एक साता पहिला सर्लाहीको प्रमुख जिल्ला अधिकारी भएर सर्लाही आएका अधिकारीले जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाहीमा आज(बुधबार)बसेको जिल्लाका कार्यालय प्रमुखहरुको नियमित बैठकमा यस्तो बताएका हुन ।उनले ज्येष्ठ नागरिक,अपाङ्गता भएका र शारिरीक रुपमा अशक्त व्यक्तिहरुलाई विशेष प्राथमिकतामा राखेर सेवा प्रवाह गर्न निर्देशन दिएका हुन् ।
जिल्लाका कार्यालय प्रमुखहरुको बैठकले विकास निर्माणका योजना संचालन गर्ने कार्यालयले चालू आर्थिक वर्ष २०८०/०८१ का योजना समयमा गुणस्तरीय रुपमा सम्पन्न गर्न आवश्यक प्रवन्ध गर्ने,लागूऔषध दुरुपयोग एवम ओसार पसार विरुद्ध अन्तराष्ट्रिय दिवस असार ६ गतेदेखि १२ गतेसम्म सप्ताहव्यापी रुपमा मनाउने र मनसुनजन्य विपद्बाट हुन सक्ने क्षति रोकथाम तथा न्यूनिकरणका लागि सबै कार्यालयहरुले पूर्व तयारी गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले जानकारी दिए ।उनका अनुसार बैठकले सरकारी सवारी साधनहरुको दुरुपयोग हुन नदिन कार्यालय प्रमुखहरुले विशेष ध्यान दिने निर्णय समेत गरेको छ ।

सम्बन्धित समाचार