Close This

सर्लाहीमा ब्युताउँदै मानापाथी अभियान

रासस    प्रकाशित: २०७६-१२-३० गते   ४०६ पटक हेरिएको

सर्लाहीको बागमती नगरपालिकाले नगरभित्र मानापाथी अभियान सुरु गरेको छ । कोरोना भाईरस(कोभिड १९) ले विश्वव्यापी माहामारीको रुप लिएपछि सरकारले लकडाउन घोषणा गरेको थियो । 
लकडाउन घोषणा पछि समस्यामा परेका परिवारलाई खाद्यान्न सहयोग गर्न मानापाथी अभियान सुरु गरिएको वागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले जानकारी दिनु भयो ।  बिहिवारबाट सुरु गरिएको अभियानमा प्रदेश सांसददेखि खानेपानी उपभोक्ता समिति सम्मले सहयोग प्रदान गरेका नगरपालिकाले जनाएको छ । 
सो अभियानमा प्रदेश सभा सदस्य डिल्ली प्रसाद उपे्रतीले आफ्नो तर्फबाट ५ क्विन्टल चामल सहयोग गर्नु भएको छ भने ढुंगे्रखोला बृहत खानेपानी उपभोक्ता समितिले २० क्विन्टल चामल, एक क्विन्टल दाल र दुई क्विन्टल नुन प्रदान गरेको छ । यसैगरी रामजानकी साना किसान कृषि सहकारी संस्था धरहराले १५ हजार १ सय ५ रुपैयाँ नगद प्रदान गरेको नगरपालिकाले जनाएको छ ।
प्रदेश सभा सांसद उपे्रतीले कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी भएर सहयोग प्रदान गर्नु भएको हो भने खानेपानी उपभोक्ता समितिका अध्यक्ष वसन्तराज भट्टराई र सहकारीकी अध्यक्ष अन्जु पौडेलले पनि एकै कार्यक्रममा नगरप्रमुख थापालाई सहयोग प्रदान गर्नु भएको हो । बागमती नगरपालिकाले गरीब विपन्न परिवारलाई खाद्यान्न समस्या नहोस भन्नका लागि यस्तो अभियानको थालनी गरेको जनाएको छ । नगरपालिकाले अहिले मानापाथी अभियान चलाएर नगद तथा खाद्यान्न सहयोग संकलन निरन्तर गरिरहेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech