उखु उत्पादक किसानहरुलाई राज्यले दिनुपर्ने अनुदान वापतको रकम एक साता भित्र उपलब्ध हुने भएको छ।उखु उत्पादक किसानहरुलाई राज्यले दिनुपर्ने अनुदान वापतको रकम करिब रु एक अर्ब ४५ करोड निकासको माग गर्दै काठमाण्डौँ पुगेका उखु उत्पादक किसानहरुका अगुवाहरुसंग कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एकसाता भित्र उखु उत्पादक किसानहरुलाई राज्यले दिनुपर्ने अनुदान वापतको रकम निकास गर्ने आवश्वासन दिएको नेपाल उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिल मुनी मैनालीले जानकारी दिए ।
उनका अनुसार सरकारले उखुको क्रसिङ सिजन २०८०÷०८१ मा उखु उत्पादक किसानहरुलाई प्रतिक्विन्टल रु ७० अनुदान रकम उपलब्ध गराउने निर्णय गरेको थियो।उखु क्रसिङ गरेर चिनी मिल बन्द भएको १० महिना हुनै लाग्दा समेत उखु उत्पादक किसानहरुले पाउनु पर्ने अनुदान वापतको रकम पाउन सकेका छैनन् ।कृषि तथा पशुपन्छी विकास मन्त्रालय र अर्थ मन्त्रालय पुगेका उखु उत्पादक किसान अगुवाहरुलाई मन्त्रालयका सचिवहरुले एक साताभित्र राज्यले दिनुपर्ने अनुदान वापतको रकम करिब रु एक अर्ब ४५ करोड एकसाता भित्र निकासा गरिदिने आश्वासन दिएका उखु उत्पादक संघ नेपालका अध्यक्ष राजकुमार उप्रेतीले जानकारी दिए ।
उनका अनुसार कृषि मन्त्रालय र अर्थ मन्त्रालयबाट कोष तथा लेखा नियन्त्रकको कार्यालय हुँदै रकम निकासाको प्रक्रिया अघि बढिसकेको मन्त्रालयले जानकारी दिएको छ।कृषि तथा पशुपन्छी विकास मन्त्रालय र अर्थ मन्त्रालयका सचिवहरुले एक साता धैर्य गरिदिन आग्रह गरेपछि आफूहरु फर्किएको उखु उत्पादक संघ नेपालका अध्यक्ष उप्रेतीले जानकारी दिए ।
आर्थिक वर्ष २०८०÷०८१ मा सरकारले छ सय ३५ प्रतिक्विन्टल उखुको मुख्य तोकेकोमा उद्योगले रु पाँच सय ६५ र सरकारले अनुदान वापत रु ७० प्रतिक्विन्टल रकम उखु उत्पादक किसानहरुलाई दिने प्रतिवद्धता जनाएको भरमा किसानहरुले उद्योगलाई उखु बेचेको भएपनि उखु बेचेको अनुदान वापतको रकम उखु बेचेको १० महिना हुँदा समेत नपाउँदा किसानहरु मर्कामा परेका उखु उत्पादक किसानहरुसंगै मन्त्रालय गएका सर्लाही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य एवम निवर्तमान रक्षा मन्त्री हरि प्रसाद उप्रेतीले बताए ।उनका अनुसार एक साताभित्र पनि रकम निकासा नभए र दशैँअघि उखु उत्पादक किसानहरुले अनुदानको रकम नपाए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।अगुवा उखु किसानहरु र राजनीतिक दलका नेताहरुले यसअघि पनि पटक–पटक मन्त्री र मन्त्रालयका जिम्मेवार कर्मचारीहरुलाई भेटेर दशैँअघि अनुदान वापतको रकम उखु उत्पादक किसानहरुको खातामा जाने व्यवस्था मिलाइ दिन अनुरोध गरेका छन् ।