Close This

गोलन्जोरबाट करिब डेढ क्वुन्टल शंकास्पद बस्तु र गाडी सहित २ जना पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-२९ गते   १९८ पटक हेरिएको

सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ मा रहेको ईलाका प्रहरी कार्यालय खुर्काेटले  बन्यजन्तुको जस्तो देखिने सुकुटी  नियन्त्रणमा लिएको छ । 
जिल्लाको गोलन्जोर गाउँपालिका ३ ग्वाल्टार स्थित मध्येपहाडी लोकमार्गमा ओखलढुंगाबाट काठमाण्डौ तर्फ आउँदै गरेको पिकअप गाडीलाई शंका लागि चेकजाँच गर्ने क्रममा उक्त गाडीबाट १ क्वुन्टल १८ किलो ३५ ग्राम बन्यजन्तुको जस्तो देखिने सुकुटी र प्लाष्टिकको १४ वटा बोतलमा रहेको करिब ३५ लिटर घरेलु मदिरा नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय खुर्काेटका प्रहरी प्रमुख प्रहरी निरिक्षक अनिलराज गिरीले जानकारी दिनुभयो । 


उहाँका अनुसार ओखलढुंगाबाट काठमाण्डौ तर्फ आउँदै गरेको बा.५ च ३७९८ नं.को डि.आई. पिकअप गाडी चेकजाँच गर्दा उक्त पिकअपको ढालामा लुकाई छिपाई ल्याउँदै गरेको सामाग्री भिमेश्वर सव–डिभिजन बन कार्यालय खुर्कोटलाई आवश्यक कारवाहीको लागि सुकुटी, पिकअप र त्यसका चालक बुझाएको बताउनुभयो ।
पिक अपका चालक काभ्रे पाँचखाल नगरपालिका ६ का अन्दाजी वर्ष ३० का मोहन कुमार पहरी र सुकुटी धनी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ९ का अन्दाजी वर्ष ४३ का बिनोद सुन्दास तथा पिकअप गाडी भिमेश्वर सव–डिभिजन बन कार्यालय खुर्कोटलाई आवश्यक कारवाहीका लागि बुझाएको प्रहरी निरिक्षक गिरीले बताउनु भयो । भने घरेलु मद्यिरा स्थानिय जनप्रतिनिधिहरुको रोहवरमा नष्ट गरिएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय खुर्काेटमा प्रहरी निरिक्षक गिरी प्रमुख भएर आएपछि सोक्षेत्रमा हुने गैर कानुनी क्रियाकलापहरु नियन्त्रणको चरणमा छ । भने गैर कानुनी धन्दा गर्नेहरुको निद हराम भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech