सडक निर्माणको काम नभएको भन्दै उबा संघ इश्वरपुर आन्दोलनमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-४-१९ गते   १९४२ पटक हेरिएको

सर्लाहीको ईश्वरपुर नगरपालिका ६ स्थित बजार क्षेत्रको सडक कालोपत्रे नभएको भन्दै उद्योग बाणिज्य संघ इश्वरपुरले  विरोध प्रदर्शन गरेको छ ।बजार क्षेत्रको सडक कालोपत्रे नहुँदा धुलो धुवाँबाट आफुहरुले सास्ती खेप्नु परेको साथै बजार क्षेत्रमा नाला निर्माण नहुँदा आफुहरुलाई निकै सास्ती भएको भन्दै उद्योग बाणिज्य संघ इश्वरपुरले  विरोध प्रदर्शन गरेको छ । 
बाटोको अवस्था भद्रगोल भएको र बाटो चाँडै बनोस भनेर आफुहरु आन्दोलीत भएको स्थानिय आन्दोलनकारी सन्तोष कुमार झाले बताए । बाटो निर्माणको काम सुरु भएको धेरै वर्ष भईसकेको भएपनि हाल सम्म पनि निर्माणको काम नसकिनु जसका कारण बजार धुल्लाम्मे तथा वर्षामा हिलाम्मे हुदाँ आफुहरु निकै मारमा परेका कारण आन्दोलीत भएको झाले बताए ।
सडक फराकिलो बनाउन भन्दै सडक छेउका संरचना भत्काएको लामो समय भई सकेको भएपनि  सडक निर्माणको काम हुन नसकेको र ठेकेदारलाई पटक पटक समय दिदा पनि वेवास्था गरेका कारण आफुहरु आफुहरु आन्दोलीत भएको उद्योग बाणिज्य संघ इश्वरपुरका अध्यक्ष मनोज कुमार साहले बताए । उनले आफुहरुले पटक पटक निर्माण कम्पनीलाई चाँडै काम सकाउन आग्रह गरेको भएपनि निर्माण कम्पनीले अटेर गरेका कारण आफुहरु बाध्य भएर आन्दोलनमा होएिको बताए ।
आफु स्थानिय सरकार रहेको र सरकार चलाउन आवश्यक पर्ने धेरै कुराहरु व्यापारी व्यावसायीहरुको साथ आवश्यक रहेका कारण आफुले पनि उद्योग बाणिज्य संघ इश्वरपुरको विरोध प्रदर्शन कार्यक्रममा सहभागीता र एकेवद्धता जनाएको इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले बताए । आफु स्थानिय सरकारको प्रमुख भएका कारण पनि स्थानिय व्यापारी व्यावसायीहरुको आवाजमा साथ दिएका उनको भनाई छ ।
मुख्य ठेकेदारले आफुहरुलाई सम्झौता अनुसार काम नगरी दिएको र आफुहरुले गरेको कामको भुक्तानी नपाएका कारण काम रोकेर आन्दोलनमा उत्रिएको सुदि आसी सन्तोषी (जेभि) नीर्माण सेवा काठमाडौंका स्थानिय ठेकेदार प्रतिनिधि जगरनाथ राय यादवले बताए । उनले सुदि आसी सन्तोषी (जेभि) नीर्माण सेवा काठमाडौंबाट आफुहरुले बजार क्षेत्रको काम गराएको र आफुहरुले गराएको कामको रकम  सुदि आसी सन्तोषी (जेभि) नीर्माण सेवा काठमाडौंले भुक्तानी नदिएपछि आन्दोलनकारीहरुलाई आफुले पनि साथ दिएको रायले बताए ।
सुदि आसी सन्तोषी (जेभि) नीर्माण सेवा काठमाडौं ले रु ८५ करोडको लागतमा सर्लाहीको फुलजोर देखि त्रिभुवननगर सम्मको करिब २७ किलो मिटर हुलाकी लोकमार्गको निर्माणको ठेक्का लिएको भएपनि ठेकेदार तथा ठेकेदारका प्रतिनिधिहरुको वेवास्था कारण इश्वरपुर नगरपालिका ६ का स्थानिय मारमा परेका छन् । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech