सर्लाहीको लालबन्दी नगरपालिका ११ स्थित रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्र हिरापुरले एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । लालबन्दी नगरपालिका ११ का वडा अध्यक्ष दिपक लामाको अध्यक्षतामा लालबन्दी नगरपालिका ११ स्थित रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्र हिरापुरले सञ्चालन गरेको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा ७४ जना स्थानीयले स्वास्थ्य लाभ लिएका लालबन्दी नगरपालिका ११ स्थित रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्र हिरापुरका प्रमुख राजकुमार सिंहले जानकारी दिए ।
उनका अनुसार स्वास्थ्य सेवाबाट पछाडि परेको सेतिभिर जिम्बा टोलमा स्वास्थ्य सेवामा कम पहुँच भएका टोल तथा बस्तीमा स्वास्थ्यकर्मी,सामाजिक कार्यकर्ताहरुको उपस्थितिमा एक दिने निःशुल्क एकीकृत स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । लालबन्दी नगरपालिका ११ स्थित रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्र हिरापुर र लालबन्दी नगरपालिका ११ को भएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा लालबन्दी नगरपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाइ शाखाका सुरेन्द्र खतिवडा,लालबन्दी नगरपालिका ११ का वडा हस्त बहादुर रेग्मी मगर,स्वास्थ्य संगठन व्यवस्थापन समिति सदस्य कृष्ण लोप्चन,लालबन्दी जेसीएसका अध्यक्ष उपेन्द्र महतो लगायतको उपस्थिति रहेको थियो ।