Close This

मरिण र हरिहरपुरगढीका किसानले लगायको धानको बाला सुक्न थाल्यो,किसानहरु चिन्तीत

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-६-२४ गते   ४४२ पटक हेरिएको

सन्धिुलीको मरिण र हरिहरपुरगढी गाउँपालिकामा लगाइएको धानबाली सुक्ने समस्या देखिए पछि किसानहरु चिन्तीत भएका छन । धान पसाउने समयमा बाला सुक्न थालेपछि किसान चिन्तित बनेका हुन् । मरिण गाउँपालिकामा करिब ३   हजार २ सय २२ हेक्टर जमिनमा धानखेती गरिने भएपनि यस वर्ष २ हजार ५ सय हेक्टरमा मात्र धान खेती गरिएको मरिण गाउँपालिका कृषि प्राविधिक सविता थापाले बताउनु भयो ।
मरिण गाउँपालिकाको सातै वडाको खेतमा धानको बाला सुक्ने समसया देखापरेको छ । धानको गाँजमा गबरा किरा लागेपछि धान पसाउने समयमा बाला सुक्ने समस्या देखापरेको प्राविधिक थापाले बताउनुभयो । मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जनले धानखेतीमा देखापरेको रोग, किराको समस्या समाधानका लागि कृषि प्राविधिक खटाइएको जानकारी दिनुभयो । 
धानको फुल भर्खर खेल्न लागेको समयमा गबरा लागेकाले बिषादी प्रयोग गर्दा नमिल्ने प्राविधिक थापाले बनाउनुभयो । यस्तो समयमा विषादी प्रयोग गर्दा धानको फूल झरेर बाला नलाग्ने समस्या देखिन सक्ने प्राविधिकहरुले बताएका छन । धानको बाला सुक्नसाथ त्यसलाई चुडेर फाल्न किसानलाई सल्लाह दिइएको प्राविधिक थापाले बताउनुभयो । यसो गर्दा अन्य धानका बालामा किरा सर्न पाउँदैन । यस्तै रोग हरिहरपुरगढी गाउँपालिकामा पनि देखापरेको छ । सो गाउँपालिकाको २, ३, ४, ६, ७ र ८ नम्बर बडामा गबरा किरा लागेर पसाएको धानको बाला सुक्न लागेको कृषि प्राविधिक सुजन भट्टराईले बताउनुभयो । २, ३ र ४ नम्बर बडामा देखापरेको समस्या नियन्त्रण भइरहे पनि अन्य बडामा भने नियन्त्रणमा आउन नसकेको कृषि प्राविधिक भट्टराईले बताउनु भयो ।उर्मिला भट्टराई 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech