चैते धान राम्रो फलेपछि सर्लाहीका किसान खुसी,

520 Shares

चैते धानको उत्पादन बढेपछि सर्लाहीका किसानहरु खुसी भएका छन्।सर्लाहीमा यस वर्ष चैते धानको खेतीसंगै उत्पादन पनि वृद्धि भएको कृषि ज्ञान केन्द्र मलंगवा सर्लाहीकमा निमित्त कार्यालयका प्रमुख देवानन्द रायले बताए।उनका अनुसार जिल्लाभर नै चैते धानको उत्पादन राम्रो देखिएको,यो वर्ष जिल्लाको सबैभेगमा चैते धान राम्रो फलेपछि किसानहरु खुसी भएका छन् ।२० वटा पालिका रहेको सर्लाहीमा प्राय सबै पालिकामा चैते धान खेती हुने गरेको छ।चैते धान रोप्ने बित्तिकै खडेरीले केही समय प्रभाव पारेपनि त्यसपछि भने वर्षाले साथ दिँदा चैते धान राम्रो फलेको किसानहरुको भनाई छ ।
“चैते धानमा रोग,कीरा नै देखिएन, त्यसैले पनि उत्पादन राम्रो भयो।”जिल्लाका कृषि प्राविधिकहरुले बताए।धान उत्पादन बढाउने लक्ष्य लिएको सरकारले चैते धानतर्फ किसानहरुलाई आकर्षित गर्न ध्यान दिए लक्ष्य पूरा गर्न ठूलो मद्धत पुग्ने जानकारहरु बताउँछन् ।
किसानहरुले चैते धान भित्र्याउने बित्तिकै वर्षे धान रोप्ने गरेका छन्।सिँचाई सुविधा भएको ठाउँमा गरिने चैते धान जिल्लाभर नै राम्रो फलेको र खेती पनि सफल भएको भन्दै कृषि प्राविधिकहरुले चैते धान प्रवद्र्धन गर्न कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन्,भने जिल्लाका किसानहरुलाई यतिबेला चैते धान भित्र्याउने र वर्षे धान रोप्ने चटारो छ ।

सम्बन्धित समाचार