Close This

करिब ३७ क्वुविफिट सालको काठ सहित पक्राउ परेको ट्याक्टर आर्थिक चलखेलका कारण छुट्यो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-३ गते   ५३२ पटक हेरिएको

करिब ३७ क्वुविफिट सालको काठ सहित पक्राउ परेको प्रदेश २–०३–००१ त २३८५ नम्बरको ट्याक्टर

सर्लाहीको हरिपुर नगरपालिका १ स्थित जानकीनगर वन क्षेत्रबाट ठुलो मात्रामा काठ सहित पक्राउ परेको ट्याक्टर छुटेको छ । हरिपुर नगरपालिका १ स्थित जानकीनगर वन क्षेत्रबाट ठुलो मात्रामा काठ सहित २०७८ चैत्र १२ गते शनिबार पक्राउ परेको ट्याक्टर राजनैतिक पावरका कारण छुटेको हो ।
२०७८ चैत्र १२ गते शनिबार शसस्त्र प्रहरी बल सुरक्षा वेश क्याम्प हरिवनको टोलीले अन्दाजी ३६ दशमलव ७६ क्वुविफिट सालको काठ सहित प्रदेश २–०३–००१ त २३८५ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय  सर्लाहीको जिम्मा लगाएको थियो । तत्कालीन डिभिजन वन कार्यालय  सर्लाहीका प्रमुख सन्तोष कुमार झाले सो ट्याक्टरलाई वन ऐन अनुसार मुद्धा प्रक्रिया अगाडी बढाएको भएपनि उहाँको सरुवा भएको थियो । त्यस लगतै बाराबाट डिभिजन वन कार्यालय  सर्लाहीमा सरुवा भई आउनु भएका डिभिजन वन कार्याल सर्लाहीका प्रमुख मन्जुर अहमद्ले सो ट्याक्टरलाई आवश्यक कार्बाही गर्नुको सट्टा ट्याक्टरमा लोड भएको काठलाई अनलोड गर्न लगाई करिब ३÷४ दिन पहिला उन्मुक्ती दिएका रहस्य बाहिरिएको छ ।


डिभिजन वन कार्याल सर्लाहीका प्रमुख अहमद्ले आफु मधेश प्रदेशका मुख्य मन्त्री लालबाबु राउतको नातेदार रहेको र आफुलाई केही गर्न नसक्ने भन्दै सो ट्याक्टरलाई रु ५० हजार तिराएर छाडेका पाइएको हो । सोही विषयलाई लिएर तत्कालीन सव डिभिजन जानकीनगरका प्रमुख सहायक वन अधिकृत सुभाष चन्द्र प्रसाद साहलाई तत्कालीन डिभिजन वन कार्याल सर्लाहीका प्रमुख झाले आवश्यक कार्बाहीको लागि छानविन गर्न भन्दै डिभिजन वन कार्यालयमा तानेका थिए । तर पछि आएर सोही ट्याक्टरले उन्मुत्ती पाएको एकजना वन अधिकृतले बताउनु भयो ।
उहाँका अनुसार डिभिजन वन कार्याल सर्लाहीका प्रमुख अहमद्ले रु ५० हजार रकम लिएर वन ऐन अनुसार छानविनमा रहेको ट्याक्टरलाई उन्मुत्ती दिएका हुन । तत्कालीन समयमा गरिएको मुचुल्काको सबै कागजात लुकाएर अर्कै कागजात तयार पारी सो ट्याक्टरलाई उन्मुक्ती दिइएको वन कार्यालयका एकजना अधिकृतको दाबी छ ।
३६ दशमलव ७६ क्वुविफिट सालको काठ सहित नियन्त्रणमा लिएर डिभिजन वन कार्यालयलाई बुक्राउँदा पनि वन कार्यालयका कर्माचारीहरुको मिलेमतोमा साधारण प्रक्रियाबाट सो ट्याक्टर छुट्नुले डिभिजन वन कार्याल सर्लाहीका प्रमुख अहमद्ले आर्थिक चलखेल गरेको उनिहरुको आरोप छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech