Close This

सर्लाहीका पत्रकारहरुको कोरोना बिमा सुरु

रासस    प्रकाशित: २०७७-२-१२ गते   ४२३ पटक हेरिएको

सर्लाहीमा क्रियाशील पत्रकारहरुको कोरोना विमा सुरु भएको छ ।फ्रण्टलाईनमा रहेर पत्रकारीता गर्ने पत्रकारहरु कोरोनाको उच्च जोखिममा रहेकोले उनीहरुको कोरोना विमा गर्न सुरु गरिएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष विश्वनाथ ठाकुरले बताउनु भयो ।
प्रदेश नम्बर २ मा  कोरोना संक्रमणको उच्च जोखिम रहेको र त्यसबाट स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँगै फ्रण्टलाईनमा रहेर समाचार सम्प्रेषण गर्ने पत्रकारसमेत उच्च जोखिममा रहेकोले उनीहरुको विमा गर्न सुरु गरिउको महा संघका अध्यक्ष ठाकुरले बताउनु भयो ।
 जिल्लामा क्रियाशील पत्रकारहरुको विमा गर्नका लागि नेपाल पत्रकार महासंघ केन्दीय कार्यालयबाट समेत परिपत्र भई सकेकाले पनि कोरोना विमामा आवद्ध हुन जिल्लाका पत्रकारहरुलाई सूचना गरी सकेको महासंघ सर्लाही शाखाले जनाएको छ ।
जिल्लामा महासंघमा आवद्ध ६६ जना र स्थानिय विभिन्न रेडियोहरु,पत्रपत्रिका तथा अनलाईनमा क्रियाशील १ सय जना पत्रकारहरुको विमा गरिने भएको हो ।  उहाँका अनुसार विमा गर्नका लागि पत्रकारहरुले नागरीकता पत्रमाण पत्रको फोटोकपी एक प्रति र पासपोर्ट साईजको फोटो एक प्रति उपलब्ध गराउनु पर्ने महा संघले जनाएको छ ।
तोकिएको कागजात जेष्ठ १३ गते मंगलवार बेलुका ४ बजे सम्म शाखाको कार्यालय मलंगवामा उपलब्ध गराई दिन महासंघ सर्लाही अध्यक्ष ठाकुरले जिल्लाका सवै क्रियाशील पत्रकारहरुलाई आग्रह गर्नु भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech