Close This

अखिल नेपाल खेलकुद महासंघ सर्लाहीमा अधिकारीको अध्यक्षतामा ४९ सदस्यीय सर्वसहमत चयन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-५ गते   २१३९ पटक हेरिएको

अखिल नेपाल खेलकुद महासंघ सर्लाहीको अध्यक्षमा लालबन्दीका विष्णु अधिकारी चयन हुनु भएको छ । हरिपुरमा भएको महासंघको कार्यक्रमबाट अधिकारीको अध्यक्षतामा ४९ सदस्यीय अखिल नेपाल खेलकुद महासंघ सर्लाही जिल्ला कमिटि सर्वसहमत चयन गरिएको अखिल नेपाल खेलकुद महासंघ सर्लाहीका निवर्तमान  अध्यक्ष गणेश थापाले जानकारी दिनु भयो ।
नेकपा(माओवादी केन्द्र) निकट अखिल नेपाल खेलकुद महासंघ सर्लाहीले आज(सोमबार) गरेको कार्यक्रमबाट महासंघको उपा अध्यक्षमा जीत बहादुर लामिछाने मगर,सचिवमा पुर्ण राना मगर र कोषअध्यक्षमा कमल लुंङ्गेली मगर सहित ४९ सदस्यीय महासंघ जिल्ला कमिटि गठन भएको हो ।
राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव युवराज लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको महासंघका निर्वतमान अध्यक्ष थापाले अध्यक्षता गर्नु भएको थियो । भने विशिष्ट अतिथिमा नेकपा(माओवाद केन्द्रं) जिल्ला समन्वय समिति सर्लाहीका संयोजक कमल बुढाथोकी रहनु भएको थियो । त्यसैगरी माओवादी केन्द्र लालबन्दी नगर कमिटि अध्यक्ष लेखराम जर्घा मगर,हरिपुर नगर कमिटि अध्यक्ष सुनिल बुढाथोकी,हरिपुर नगर कमिटि सचिव रन्जीत साह लगायतको आतिथ्यता रहेको अखिल(क्रान्तीकारी)का नेता शिवराज धमालाले जानकारी दिनुभयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech