सर्लाहीको लालबन्दी र इवरपुर नगरपालिकाले नदीजन्य वस्तु उत्खननका लागि खोलालाई नै परिवर्तन गरि दिएको छ । लालबन्दी नगरपालिकाले १ र १० को सिमानामा रहेको लखनदेही खोला,वडा नम्बर ६,१६ र १७ को सिमानामा रहेको कालिन्जोर खोलाका साथै वडा नम्बर १५,१६,१७ र इश्वरपुर नगरपालिका ५ को सिमानामा रहेको फुलजोर खोलाका साथै इश्वरपुर नगरपालिका १३ र महोतरीको सिमानामा रहेको बाँके खोलामा मनोमानी रुपमा ठेक्का लगाउँदा नदीको धार नै परिवर्तन हुने र गाउँमा नदी पस्ने सम्भावन बढेको भन्दै स्थानियबासी चिन्तीत भएका छन् ।

लालबन्दी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बासुदेव तिमल्सेना र गजुरमुखी निर्माण सेवा प्रालीको मिलेमतोमा लालबन्दी नगरपालिकाले १ र १० को सिमानामा रहेको लखनदेही खोला,स्थानिय साना ठेकेदार कम्पनीहरुको मिलेमतोमा कालीन्जोर खोला र इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार देवकोटा,प्रमुख प्रशासकिय अधिकृत उदय प्रसाद देवकोटाको मिलेमतोमा शिवम कन्ट्रक्सन जनकपुरसंगको मिलेमतोमा इश्वरपुर नगरपालिका १३ र महोतरीको सिमानामा रहेको बाँके खोलामा अवैध तरिकाबाट दोहन भई रहेको छ ।
स्थानिय निकायका जनप्रतिनिधिहरुका साथै कर्माचारीहरु र ठेकेदारहरु बिच आर्थिक लेनादेनामा नदी दोहन हुने गरेको र नियामक निकाय कमिसनको खेलमा मौन बस्ने गरेका भन्दै स्थानिय अभियानकर्मीहरुले पटक पटक नदी दोहन रोक्न आग्रह समेत गरेका थिए । तर पनि स्थानिय निकायका जनप्रतिनिधिहरुका साथै कर्माचारीहरु र ठेकेदारहरु बिचको मिलेमतोमा प्रहरी प्रशासनको आडमा नदी दोहन निरन्तर भईरहेको छ । स्थानिय अभियानकर्मीहरुले तोकिएको परिमाण भन्दा बढी र गैर कानुनी तरिकाबाट नदीजन्य वस्तु निकालिएको भन्दै पटक पटक विरोध समेत गरेका छन् । तर स्थानिय निकायका जनप्रतिनिधिहरुका साथै कर्माचारीहरु,प्रहरी प्रशासनको आडमा ठेकेदार कम्पनीहरुले दोहनलाई निरन्तरता दिईरहेका छन् ।

स्थानिय विकास पुर्वाधार र राष्ट्रिय गौरवका आयोजनाहरुको नाममा अवैध तरिकाबाट नदी दोहन भईरहँदा समेत नियामक निकाय जिल्ला समन्वय समिति सर्लाही,जिल्ला प्रशासन कार्यालय सर्लाही र जिल्ला प्रहरी कार्यालय सर्लाही मौन देखिएको छ । भने स्थानिय विकास पुर्वाधार र राष्ट्रिय गौरवका आयोजनाहरुको नाममा लगाइएको ठेक्कामा स्थानिय निकायका जनप्रतिनिधिहरुका साथै कर्माचारीहरु र ठेकेदारहरु बिचको मिलेमतोमा प्रहरी प्रशासनको आडमा नदीजन्य पदार्थस्थानिय क्रसरहरुमा बेचिने गरेको छ भने केही नदी जन्य पदार्थ स्थानिय ठेकेदारहरुले संकलन गरि राख्ने गरेका छन् । तर स्थानिय विकास पुर्वाधारमा खेतको माटो हाल्ने गरिएको पाइएको छ ।

वातावरणिय मुल्यांकन प्रतिवेदन अनुसार नभई ठुला मेसिनरी सवारी साधनहरुको प्रयोग गरि नदी दोहन भएको सरोकारवाला निकाय सबैलाई जानकारी हुँदा हुँदैपनि मौन देखिनुले ठेकेदार कम्पनीहरु र स्थानिय निकायका जनप्रतिनिधिहरुका साथै कर्माचारीहरु र प्रहरी,प्रशासन बिच मिलेमतो रहेको भन्न सकिने एक अभियानकर्मीले बताएका छन् ।

यता,सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ्गले स्थानिय विकास पुर्वाधारको काममा अवरोध नगर्ने र अनुमगन तथा नियमनको जिम्मा पनि स्थानिय सरकारलाई दिएको बताउनु भयो ।
त्यसैगरी इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार देवकोटा नदी दोहन मापदण्ड अनुसार नै भएकोमा ठुक्क हुनुहुन्छ । उहाँ भन्नु हुन्छ वातावरणिय मुल्यांकन प्रतिवेदन अनुसार नै काम भएको छ । आइइ रिपोर्ट अनुसार नदी दोहन गर्दा १ दशमलव ५ देखि ३ फिट मात्र नदी दाहेन गर्न पाइने भएपनि यहाँ ७ फिट सम्म उत्खनन गरेको विशम कन्ट्रक्सन जनकपुरका सञ्चालक ठेकेदार व्रिजन्द्र सिँहले नै स्विकार गर्नु भयो ।