नेपाल तामाङ घेदुङ मधेश प्रदेश अधिवेशन हरिवनमा सुरु

285 Shares

सर्लाहीको हरिवनमा नेपाल तामाङ घेदुङ मधेश प्रदेशको दोस्रो अधिवेशन हुने भएकोे छ ।हरिवन नगरपालिका ११ स्थित सम्राट पार्टी प्यालेसमा शनिबार र आईतबार गरी दुई दिन अधिवेशन चल्ने नेपाल तामाङ घेदुङ मधेश प्रदेशका अध्यक्ष यमलाल गोलेले जानकारी दिए ।
उनका अनुसार “समान अस्तित्व,पहिचान र प्रतिनिधित्वका लागि हाम्रो आन्दोलन,मधेश प्रदेशवासी तामाङ समुदायको एकताको लागि दोस्रो अधिवेशन”भन्ने मुल नाराका साथ अधिवेशन गर्न लागिएको हो ।अधिवेशनको उद्घाटन शनिबार घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोलेले गर्ने कार्यक्रम तय भएको छ ।उद्घाटनका अवसरमा तामाङ समुदायको संस्कृति र भेषभुषा झल्कन झाँकीसहितको र्याली निकालेर साँस्कृतिक कार्यक्रम समेत गर्ने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार