एमालेको दशौँ महाधिवेशनबाट पुनः अध्यक्षमा ओली निर्वाचित

3k Shares

नेकपा (एमाले)को १० औँ महाधिवेशनबाट पुनः अध्यक्षमा केपी शर्मा ओली निर्वाचित हुनु भएको छ । चितवनको सौराहामा जारी दसौँ महाधिवेशनको मतगणनामा जम्मा खसेको २ हजार ९६ मतमध्ये अध्यक्ष ओलीले १ हजार ८ सय ८ मत ल्याएर विजयी हुनु भएको हो ।
उहाँसँग प्रतिस्पर्धामा उत्रिएका भीम रावलले २ सय २३ मत मात्रै ल्याएका निर्वाचन आयोगले जनाएको छ । अध्यक्ष ओलीको पक्षमा ८९.४६ प्रतिशत महाधिवेशन प्रतिनिधिले मतदान गरेका छन् भने रावलको पक्षमा १०.५४ प्रतिशत मत खसेको छ ।
एमाले नेता महेश बस्नेतले ओली फराकिलो मतान्तरसहित विजयी भएको बताएका छन्। निर्वाचन आयोगका अनुसार मुचुल्कामा हस्ताक्षर गरेपछि औपचारिकरुपमा परिणाम सार्वजनिक गरिने छ । अहिले उपाध्यक्षको मत गणना भई रहेको छ।

सम्बन्धित समाचार