नेकपा(माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी) सर्लाहीमा विवाद देखिएको छ।माओवादी केन्द्र पार्टीको केन्द्रीय पदाधिकारीहरुका साथै समितिमा विवाद चलि रहेकै समयमा अखिल(क्रान्तिकारी)सर्लाहीमा पनि चर्काे विवाद देखिएको हो ।माओवादी केन्द्र सर्लाहीका नेता रमेश बुढाथोकी(कमल)को उपस्थितिमा लालबन्दी नगरपालिका १ नवलपुरमा भएको १८ औँ जिल्ला सम्मेलन अखिल (क्रान्तिकारी)सर्लाहीका अध्यक्ष रंजित सहनीले आधिकारीक नरहेको बताउँदै विज्ञप्ती जारी गरेपछि माओवादी केन्द्रमा देखिएको अन्तर संघर्ष माओवादी केन्द्रका भातृ तथा शुभेच्छुक संगठनहरुमा पनि देखिन थालेको पाइएको हो ।
अखिल (क्रान्तिकारी)सर्लाहीका अध्यक्ष सहनीले एक विज्ञप्ती जारी गर्दै मंगलबार लालबन्दी नगरपालिका १ नवलपुरमा आयोजना गरिएको भनिएको १८ औँ जिल्ला सम्मेलन आधिकारीक नभएको र मंगलबार अखिल(क्रान्तिकारी) सर्लाहीको १८ औँ जिल्ला सम्मेलन नभएको बताएपछि पार्टीमा देखिएको विवादको रोग भातृ तथा शुभेच्छुक संगठनहरुमा पनि सरेको प्रष्ट भएको हो ।एउटा समूहले मंगलबार लालबन्दी नगरपालिका १ नवलपुरमा १८ औँ जिल्ला सम्मेलन गर्दै गर्दा अखिल(क्रान्तिकारी) सर्लाहीका आधिकारीक अध्यक्ष सहनीले जारी गरेको विज्ञप्तीमा मंगलबार कुनै पनि किसिमको जिल्ला सम्मेलन नभएको र कसैले गरेको भए त्यो अवैध हुने उल्लेख गरिएपछि आन्तरिक विवाद सतहमा देखा परेको हो।अखिल(क्रान्तिकारी) सर्लाहीका आधिकारीक अध्यक्ष सहनीले अखिल(क्रान्तिकारी) सर्लाहीको १८ औँ जिल्ला सम्मेलन भदौ १० गते तोकिएकाले मंगलबार गरिएको सम्मेलन आधिकारीक नरहेको बताए।
सर्लाहीमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीको प्रथम जिल्ला सम्मेलन एवम अधिवेशनमा प्रमुख अतिथि समेत भएका कार्य समिति सहितको नयाँ नेतृत्व चयन गरेका माओवादी केन्द्र सर्लाहीका नेता कमलले नै पछि सोही समितिलाई अवैध भन्दै अर्काे विशेष सम्मेलन गरि अर्काे नेतृत्व समेत चयन गरेका थिए ।यसबाट जहाँ जहाँ आफ्नो वर्चस्व देखिँदैन त्यहाँ त्यहाँ माओवादी केन्द्र सर्लाहीका नेता कमलले विवाद सृजना गर्ने गरेका पार्टीका नेताहरुले बताउँछन्।साथै उनले सर्लाहीमा पार्टीलाई दुई भागमा विभाजन गर्ने प्रयास गर्नुका साथै भातृ तथा शुभेच्छुक संगठनहरुमा पनि समानान्तर कमिटि गठन गर्ने प्रया गरेका नेताहरुको भनाई छ ।