मोहम्मदको हत्यारालाई प्रहरीले गोली हानेर नियन्त्रणमा लियो

462 Shares

काठमाडौंको टोखामा गोली हानी हत्या गरेर फरार भएका अभियुक्तलाई गोली हानेर प्रहरीले समातेको छ ।२०७९ असोज ३ गते साँझ गोठाटारमा सर्लाहीको हरिवन नगरपालिका २ का लाल मोहम्मद हत्या अभियोगी गुड्डुु पटेललाई पक्राउ गर्ने क्रममा भाग्न खोज्दा प्रहरीले गोली चलाएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनी काठमाडौंको झोर,टोखामा फेला परेका थिए।भाग्न खोज्दा गोली प्रहार गरिएको अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक रमेश बस्नेतले बताए।उनका अनुसार पटेल काठमाडौं आएको सूचना प्राप्त भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय,टेकुको टोली पक्राउ गर्न पुगेको थियो।तर,उनी भागेपछि गोली हानिएको हो।घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।उनलाई अहिले अस्पताल लगिएको र स्थिति खतरामुक्त रहेको प्रहरी बरिष्ठ उपरिक्षक बस्नेतले बताए ।
हत्याको बदलामा हत्या
प्रहरीका अनुसार मोहम्मद दर्जी भनी चिनिने ५८ वर्षीय लाल मोहम्मद स्वयं हत्या अभियोगमा जेल बसेर छुटेका थिए ।उनी २०६४ असार २० मा बाराका बलराम पटुवाको हत्या संलग्न थिए।काठमाडौं र अनामनगरको उक्त घटना भएको थियो।त्यस अभियोगमा पक्राउ परेका मोहम्मदले त्यसपछिको १० वर्ष जगन्नाथ देवलस्थित केन्द्रीय कारागारमा बन्दी जीवन व्यतीत गरेका थिए ।

सम्बन्धित समाचार