Close This

वडा अध्यक्षहरु सामाजिक सुरक्षा भक्ता लिएर घरघरमै

रासस    प्रकाशित: २०७७-२-२९ गते   ३०३ पटक हेरिएको

जिल्लाको  हरिवन नगरपालिकाका वडाध्यक्षहरु सामाजिक सुरक्षा भक्ता वितरण गर्न आफ्नो वडाका नागरिकहरुको घरघरमै पुगेका छन् हरिवन नगरपालिकाका नगर प्रमुख गणेश प्रसाईले सामाजिक सुरक्षा भत्ता लिएर वडाअध्यक्षहरु घर घरमै आउने घोषणा गरे लगतै वडाअध्यक्षहरु भत्ता लिएर नागरिकका घरघरमै पुगेका हुन्  ।
नगर प्रमुख प्रसाईले घोषणा गरे अनुसार हरिवन नगरपालिका अन्तर्गतका सबै वडाका वडाध्यक्षहरु  आफ्ना सहयोगी र बैंकका कर्मचारीलाई साथमा लिएर नागरिकको घरघरमा पुगेर भत्ता वितरण सुरु गरेको नगर प्रमुख प्रसाईले जानकारी दिनु भयो । झण्डै तीन महिना  लामो लकडाउनको मार झेलिरहेका नागरिकहरु  जनप्रतिनिधी स्वयं घरघरमा  पुगेर हातमै भत्ता दिँदा खुसी भएका छन । आफुहरुलाई चर्को घाममा बूढो शरीर लिएर पैदल   हिडेर  बैंक सम्म जानु नपरेको भन्दै जेष्ठ नागरिकहरुले  खुशि व्यक्त गरेका हुन् ।
नगर भित्र दलित बालबालिका सुरक्षा भत्ता र बालपोषण अनुदान भत्ता लिने सहित सामाजिक सुरक्षा भत्ता बुझ्ने नागरीकहरुको संख्या ६ हजार ८ सय २८ रहेको    हरिवन नगरपालिकाको  तथ्यांकमा उल्लेख गरिएको छ ।
हरिवन नगरपालिकामा ११ वटा वडाहरु रहेका छन । भने लक डाउन र कोरोना भाईरसलाई मध्य नजर गर्दै वडा अध्यक्षहरु आफ्नो वडाका नागरीकहरुको घरघरमा पुगेर सामाजिक सुरक्षा भक्ता वितरण गर्न व्यास्त रहेका छन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech