सर्लाहीको हरिवन नगरपालिका ८ स्थित रहेको इन्दु शंकर चनी उद्योगले उखु किसानलाई रु करिब सवा एक अर्ब भुक्तानी दिएको छ।पुसको पहिलो साताबाट चालु सिजनको क्रसिङ सुरु गरेको उद्योगले माघ ३० गते सम्म उद्योगलाई उखु बिक्रि गरेका किसानहरुलाई रु एक अर्ब २२ करोड ३५ लाख ४४ हजार भुक्तानी गरिएको उद्योगका प्रशासकीय प्रवन्धक ठाकुर प्रसाद नेपालले जानकारी दिए ।उनका अनुसार माघ ३० गते सम्म २३ लाख ४३ हजार दुई सय क्विन्टल उखु क्रसिङ गरेको उद्योगले उखु उत्पादक किसानहरुलाई उखु लिएको एक हप्ता भित्रै भुक्तानी दिइरहेको छ ।
नेपालका चिनी उद्योगहरु मध्य समयमै किसानहरुलाई उखुको रकम भुक्तानी गरी फरक पहिचान बनाएको उद्योगले यस वर्ष गत वर्षको भन्दा करिब छ लाख क्विन्टल बढी उखु क्रसिङ गर्ने लक्ष्य राखेको उद्योगका उखु प्रवन्धक योग नारायण रजकले बताए।उनका अनुसार उद्योगले उखु उत्पादक किसानहरुलाई प्रोत्साहन गर्न उन्नत जातको उखुको बीउ प्रदान गर्ने,माटोको परीक्षण गर्ने,आधुनिक उपकरण हस्तान्तरण गर्ने र किसानहरुले उत्पादन गरेको उत्कृष्ट उखु भएको क्षेत्रको स्थलगत अवलोकन गराउनुका साथै उत्पादन बढाउन आधुनिक प्राविधि र तरिका समेत सिकाउने काम गरि रहेको छ ।
चालु सिजनका लागि सरकारले उखु उत्पादक किसानहरुका लागि अनुदान वापत रु ७० र उद्योगले रु पाँच सय ८५ गरी रु छ सय ५५ प्रति क्विन्टल रकम उपलब्ध गराउने भएको हो।देशभर कैचिनी उद्योगहरुको तुलनामा समय मै किसानहरुलाई उखुको रकम भुक्तानी गरि फरक पहिचान बनाएको इन्दु शंकरले करिब १२ हजार किसानहरुसंग उखु खरिद गर्दै आएको समेत जनाएको छ ।