गलत नियत राखी राती महिलाको घरमा गएका प्र.ना.उ यादवलाई बचाउने तयारी

एसपि गौरव    प्रकाशित: २०८०-४-८ गते   ६६४ पटक हेरिएको

महोतरीको जलेश्वर नगरपालिका २ बसपार्क नजिक विद्यापति नगरमा बिहीबार राती कुटाई खाएका प्रहरी नायव उपरिक्षकलाई मधेश प्रदेश प्रहरी कार्यालयले निलम्बन गर्ने तयारी गरेको सूचना प्राप्त भएको छ । बिहिबार राती करिब १० बजे जलेश्वर नगरपालिका २ बसपार्क नजिक विद्यापति नगरमा गलत नियतराखी महिलाको घरमा गएको भन्दै उनका श्रीमान र स्थानीयले मधेश प्रदेश स्थित धनुषाको प्रदेश प्रहरी गणमा कार्यरत्त प्रहरी नायव उपरीक्षक चन्देश्वर यादवमाथि सांघातिक आक्रमण गरेका थिए ।
महिलाका श्रीमान सहित स्थानीयले गरेको सांघातिक आक्रमणबाट प्रहरी नायव उपरिक्षक यादवको दायाँ खुट्टा भाँचिएको र हाल नेपाल प्रहरी अस्पताल काठमाण्डौँमा उपचार भई रहेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक एवम सो घटनाको अनुसन्धान संयोजक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।उनका अनुसार हाल सो घटनाको विषयमा एकपक्षसंग वयान लिने काम सकिएको छ भने प्रहरी नायव उपरिक्षक यादव हाल उपचारत अवस्थामा रहेका कारण उनीसंग बयान लिने काम अहिले भएको छौँ ।
प्रहरी नायव उपरिक्षक यादवमाथी भएको सांघातिक आक्रमणको प्रारम्भीक अनुसन्धान के हुँदैछ ?भन्ने हाम्रो प्रश्नमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक एवम सो घटनाको अनुसन्धान संयोजक श्रेष्ठले एक पक्षसंग वयान लिने काम सकिएको र प्रहरी नायव उपरिक्षक यादव हाल उपचारत अवस्थामा रहेका कारण अहिले कुनै जवाफ दिन सक्ने अवस्था नरहेको बताए । 
प्रहरी नायव उपरिक्षक यादव जलेश्वर नगरपालिका २ बसपार्क नजिक विद्यापति नगरमा बिहिबार राती एक महिलाको घरमा गलत नियत राखी गएका र सो समयमा ती महिलाका श्रीमान सहित स्थानीयले सांघातिक आक्रमण गरेका हुन भन्ने हामीलाई सूचना प्राप्त भएको छ ?यस विषयमा के भन्नु हुन्छ भन्ने हाम्रो दोस्रो प्रश्नमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक एवम सो घटनाको अनुसन्धान संयोजक श्रेष्ठले कुनै एक पक्षको कुरा सुनेर केही भन्न नसक्ने बताए । उनले प्रहरी नायव उपरिक्षक यादवको वयान नलिई केही भन्न नसक्ने र स्थानीय तथा उद्धारकर्ताहरुको बयान लिईएको बताए । घटना करिब सबै बाहिर आई सकेको भएपनि उनले अझैँ सार्वजनिक गर्न चाहेनन् ।
यता,प्रहरी नायव उपरिक्षक यादवलाई छानविन समितिको सिफासिरमा छानविन नसकिँदा सम्म निलम्बन गर्ने तयारी भएको सूचना प्राप्त भएको छ,त्यो केहो ?भन्ने हाम्रो अन्तीम प्रश्नमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक एवम सो घटनाको अनुसन्धान संयोजक श्रेष्ठले छानविन सकिएपछि मात्रै सबैकुरा भन्ने सक्ने बताए ।
प्रहरी नायव उपरिक्षक यादव मधेश प्रदेश स्थित धनुषाको प्रदेश प्रहरी गणमा कार्यरत्त छन् । उनी बिहिबार राती करिब १० बजे महिलाको घरमा किन गए भन्ने प्रश्नको जवाफ आवश्यक छैन् ।
घटना रहस्यमय भएकाले प्रहरीले ढाकछोप गर्न खोजेको स्थानीयको भनाइ  छ  । घटनाको छानविन गर्न मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक  श्रेष्ठको नेतृत्वमा तीन सदस्य छानविन टोलि गठन भई छानविन सुरु गरि सकेको छ । टोलि शनिबार घटनास्थल पुगेर निरीक्षण समेत गरेको थियमो । 
तर प्रहरी नायव उपरीक्षक यादव सई हुँदा महोतरी कै भिठ्ठामोड नाकामा पटक पटक इन्चार्ज भएर बसेका,प्रहरी निरिक्षक एवम प्रहरी नायव उपरिक्षक हुँदा समेत जिल्ला प्रहरी कार्यालय महोतरी मै बसेका थिए । केही समय पहिला मात्र महोतरीबाट उनको सरुवा गणमा गरिएको थियो । गणमा कार्यरत प्रहरी नायव उपरीक्षक यादव राति राति महोतरी सम्म एक्लै आएका विषय नै प्रहर िसंगठनको आचरण विपरित रहेको एक प्रहरी अधिकारीले बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech