सर्लाहीको बरहथवा नगरपालिका ७ मा निर्माणाधीन घरको पर्खाल भत्किँदा एक मजदुरको मृत्यु भएको छ।बरहथवा नगरपालिका ७ स्थित ाजनारायण साहको बन्दै गरेको घरको पर्खाल ढलेर किच्दा बसबरिया गाउँपालिका ३ का अन्दाजी १७ वर्षीय रवीन माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार छेउमा सेफ्टी ट्याङकीका लागि खाल्डो खनिरहँदा घरको पर्खाल ढल्दा अर्का मजदुर बसबरिया गाउँपालिका ३ कै अन्दाजी १९ वर्षीय विकास कुमार महतो समेत घाइते भएका छन् । घाईते भएका महतोको बरहथवाकै एक अस्पतालमा उपचार भई रहेको प्रहरीले जनाएको छ भने मृतक रवीनको शव प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टमपछि परिवारले बुझेका छन् ।