Close This

प्रा.स्वा.के लालबन्दीलाई करिब १ लाख बराबरको औषधी सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-९ गते   २२२ पटक हेरिएको

 सर्लाहीको लालबन्दी नगरपालिका ९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई आईतबार औषधी र भिटामिन एवम पानी सहयोग प्राप्त भएको छ । लालबन्दी नगरपालिका–९ घर भई हाल ललितपुरमा औषधी व्यवसाय गरि बसि रहेका सन्तोष बराल र शाही औषधी लिमिटेडमा कार्यरत ज्ञानी भट्टराईले भिटामीन, लगायतका  विभिन्न प्रकारका औषधी प्राथमिक सेवा केन्द्रलाई सहयोग गर्नु भएको हो ।
आईतबार एक कार्यक्रमको आयोजना गरी प्राथमिक स्वास्थ्य केन्द्रलाई औषधी र भिटामिन एवम पानी सहयोग गरेको समाजसेवी श्याम श्रेष्ठले जानकारी दिनु भयो । लालबन्दी नगरपालिका  ८ का वडाध्यक्ष तथा नगर प्रवक्ता राजन कुमार श्रेष्ठले समेत स्वास्थ्य केन्द्रलाई २० कार्टुन पानी सहयोग गर्नु भएको छ ।  लालबन्दी नगरपालिका ९ का वडाध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका व्यावस्थापन समितिका अध्यक्ष गोपाल घिमिरे र स्वास्थ्य केन्द्र प्रमुख डा. प्रगती रानालाई सहयोगी दाताहरुले करिब रु १ लाख बराबरको भिटामिन र औषधी  सहयोग गरेका डा.रानाले बताउनु भयो । 
लालबन्दी नगरपालिका निवासी समाजसेवी  श्रेष्ठको समन्वयमा स्वास्थ्य केन्द्रलाई उत्त सामाग्री गर्नु भएको  लालबन्दी नगरपालिका–९ का वडाध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्रका व्यावस्थापन समिति अध्यक्ष घिमिरेले बताउनु भयो । औषधी एवम भिटामिन हस्तान्तरण कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का प्रदेश कमिटी सदस्य लुमडी प्रसाद धिमाल, नगर सचिव लेखराम जर्गा, भिम काफ्ले, नबराज पौडेललगायतको उपस्थिती रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech