Close This

लागूअौषध सहित १ जना सर्लाही प्रहरीकाे नियन्त्रणमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१२-१० गते   ३६०१ पटक हेरिएको

सर्लाहीको  पर्सा गाउँपालिका ६ बाट लागू आैषध सहित एक भारतीय नागरिक पक्राउ परेका छन् । भारतकाे बिहार प्रदेश अन्तर्गत मधुवनी जिल्ला ग्राम पोष्ट बिरौल थाना खजौली १३ का अन्दाजी २४ वर्षीय उमेश कुमार सिंहलाई १५० बाेतल लागूपदार्थ सहित पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयाे ।
प्रदेश-३-०२-०११ प. ७०३२ नम्बरको मोटरसाईकललाई शंका लागि चेकजाँच गर्दा सोही मोटरसाईकलका चालक ससहकाे साथबाट १०० एमएलकाे १०० बाेतल काेल्डवेल र १०० एमएलकै ५० बाेतल डाईलेक्स डीसी नामक लागू आैषध बरामद् भएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका  प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथाेकीले जानकारी दिनुभयाे ।
बरामद् लागू अाैषध र माेटरसाईकल सहित पक्राउ परेका भारतीय नागरिक सिंहलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको नियन्त्रणमा राखि मै  आवश्यक अनुसन्धान जारी रहेकाे   प्रहरीले जनाएकाे छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech