Close This

पुर्व प्रहरी ईकाई इश्वरपुर चन्द्रनगरद्धारा शुभकामना आदान प्रदान र शहिद परिवारलाई सम्मान

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-६-१३ गते   ११८० पटक हेरिएको

पुर्व प्रहरी ईकाई इश्वरपुर चन्द्रनगरले नेपालीहरुको महान चाड वढादशैँ,शुभ दिपावली र छठ पर्वको अवसरमा शुभकानमा आदान प्रदान कार्यक्रम गरेको छ । सर्लाहीको इश्वरपुर नगरपालिका ३ मा भक्तिपुरमा पुर्व प्रहरी ईकाई इश्वरपुर चन्द्रनगरले नेपालीहरुको महान चाड वढादशैँ,शुभ दिपावली र छठ पर्वको अवसरमा शुभकानमा आदान प्रदान कार्यक्रम गरेको हो ।
पुर्व प्रहरी ईकाई इश्वरपुर चन्द्रनगरले नेपालीहरुको महान चाड वढादशैँ,शुभ दिपावली र छठ पर्वको अवसरमा शुभकानमा आदान प्रदान गर्नुका साथै प्रहरी परिवारका शहिद परिवारजनलाई सम्मान समेत गरिएको पुर्व प्रहरी ईकाई इश्वरपुर चन्द्रनगरका अध्यक्ष शिवनारायण कुँवरले जानकारी दिए ।
इश्वपुर र चन्द्रनगरमा गरि १० जना प्रहरी परिवारका शहिद परिवार रहेकामा विभिन्न कारण कार्यक्रममा ५ जना मात्र उपस्थित भएका र उनिहरुलाई रामनामी गम्छा ओढाएर सम्मान गरिएको अध्यक्ष कुँवरले बताउनु भयो ।
सर्लाहीको इश्वरपुर नगरपालिका ३ मा भक्तिपुरमा भएको नेपालीहरुको महान चाड वढादशैँ,शुभ दिपावली र छठ पर्वको अवसरमा शुभकानमा आदान प्रदान एवम सम्मान कार्यक्रममा इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech