सर्लाहीमा माध्यमिक शिक्षा परीक्षा (एसइई)मा बिहीबार पहिलो दिन तीन जना निरीक्षक र एक जना विद्यालय सहयोगी निष्काशनमा परेका छन् ।परीक्षा हलभित्र मर्यादित वातावरण कायम गर्न नसकेको भन्दै जिल्लास्तरीय अनुुगमन समितिले बलरा नगरपालिका ४ मा रहेको श्री रामसखी मोहित सिंह जनता मा.विका राम नारायण बैठा र रिन्कु देवीका साथै हरिपूर्वा नगरपाकिला ५ स्थित रहेको केश्वर गरिब जनता मा.विका बाबुलाल रायलाई निष्काशन गरिएको शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका प्रमुख मोति प्रसाद भट्टराईले जानकारी दिए ।
उनका अनुसार बलरा नगरपालिका ४ स्थित रहेको रामसखी मोहित सिंह जनता मा.वि परीक्षा केन्द्रबाट परीक्षा निरीक्षक बैठा र रिन्कुका साथै हरिपूर्वा नगरपालिका ५ स्थित रहेको केश्वर गरिब जनता मा.वि परीक्षा केन्द्रबाट परीक्षा निरीक्षक राय निष्काशित भएका हुन ।त्यस्तै मलंगवा नगरपालिका ७ मुसैलीस्थित बौधीदेवी मा.वि.परीक्षा केन्द्रबाट विद्यालय सहयोगी इन्द्रजित महतो नुनियालाई निष्काशन गरिएको छ ।
अनुुगमन टोली पुुग्दा बाहिरबाट मोवाइल र गाइड बोकेर आउँदै गरेको भेटिएपछि विद्यालय सहयोगी महतोलाई निष्काशन गरिएको शिक्षा विकास तथा समन्वय इकाइका प्राविधिक सहायक सुनिल कुमार कुशवाहाले बताए।उनका अनुसार निष्काशन मा परेका निरीक्षक र सहयोगी बाँकी कुनै पनि परीक्षामा सामेल हुन पाउने छैनन् ।
मधेश प्रदेश सरकारका मुख्य मन्त्री सतिश कुमार सिंहले जुन विद्यालयमा परीक्षा हुन्छ त्यही विद्यालयका प्रधाानध्यापकलाई केन्द्राध्यक्ष तोक्दा परीक्षा मर्यादित नहुने भन्दै केन्द्राध्यक्ष तोक्न मधेश प्रदेश सरकारले पाउनु पर्ने माग राखेका थिए । तथापी पनि पछि उनी त्यो निर्णयबाट पछि हटेपछि केन्द्रको प्रचलिय नियमानुसार केन्द्राध्यक्ष,सहायक केन्द्रध्यक्ष, निरीक्षक,परीक्षा सहायक लगायत तोकेर यस वर्षको एसईई परीक्षा सुरु भएको हो ।