३१ औं जनयुद्ध दिवसको अवसरमा पूर्व जनमुक्ती सेना नेपाल सर्लाहीको भेटघाट तथा अन्र्तक्रिया

242 Shares

पूर्व जनमुक्ती सेना नेपाल सर्लाहीले ३१ औं जनयुद्ध दिवसको अवसरमा भेटघाट तथा अन्र्तक्रिया कार्यक्रम गरेको छ।सर्लाहीको हरिवन नगरपालिका ११ स्थित रहेको रोयल मःम एवम क्याफेको सभा हलमा पूर्व जनमुक्ती सेना नेपाल सर्लाहीले ३१ औं जनयुद्ध दिवसको अवसरमा जिल्लामा रहेका पूर्व जनमुक्ती सेनाहरुलाई सहभागी गराएर भेटघाट तथा अन्र्तक्रिया कार्यक्रम गरेको पूर्व जनमुक्ती सेना नेपाल सर्लाहीका अध्यक्ष टंक बहादुर बोहरा(सितल)ले जानकारी दिए ।
उनका अनुसार जनयुद्धको समयमा एउटै मोर्चामा रहेर काम गरेपनि शान्तीपूर्ण राजनीतिमा आएपछि निराश भई बसेका जनमुक्ती सेनाहरुलाई सक्रिय गराउन र आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनामा पार्टीका उम्मेदवाहरुलाई सघाउन ध्यानाकर्षण गराउन भेटघाट तथा अन्र्तक्रिया कार्यक्रम राखिएको हो ।
भेटघाट तथा अन्र्तक्रिया कार्यक्रममा सहभागी भएका पूर्व जनमुक्ती सेनाका कमाण्डरहरुले पार्टीले वेवास्था गरेको भएपनि आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनामा पार्टीका उम्मेदवाहरुलाई सकेको सघाउने बताएका छन्।भेटघाट तथा अन्र्तक्रिया कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी(नेकपा) बागमती नगर कमिटिका संयोजक चित्र बहादुर तम्सिङ(कुमार),ईश्वरपुर नगर कमिटि संयोजक नरेश महत्तो पूर्व जनमुक्ती सेना नेपाल मधेशका  निवर्तमान संयोजक मोहनलाल श्रेष्ठ(सन्देश),पूर्व जनमुक्ती सेना सविन दाहाल,सुलभ लामा र सन्जय देवकोटा सहित नेकपाकी नेतृ आरती लामा लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार