पुर्व पश्चीम राजमार्ग अन्तरगत सर्लाहीको हरिवन नगरपालिका ११ मा भएको सवारी दुर्घटनामा एक जनाकाे मृत्यु गएकाे छ भने एक जना घाईते भएका छन् ।
साेमबार राति करिब ११ बजे पुर्व पश्चीम राजमार्ग अन्तरगत सर्लाहीको हरिवन नगरपालिका ११ मा ना ६ त ३०५० नम्बरकाे ट्याक्टरलाई पछाडिबाट बागमती प्रदेश ०२-०२८ प ६५०८ नम्बरकाे स्कुटीले ठक्कर दिँदा स्कुटीका चालक हरिवन नगरपालिका ८ का अन्दाजी वर्ष २५ का कवि रिखाम मगर र साेही स्कुटीमा पछाडि सवार हरिवन नगरपालिका ८ का अन्दाजी वर्ष ४५ का रामजी बस्नेत घाइते भएका जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार गंभिर घाइते भएका मगरलाई तत्कालै उद्दार गरि स्थानीय स्वाभिमान अस्पताल हरिवनमा सामान्य उपचार पछि थप उपचारका लागि वीरगन्ज तर्फ लगिएकोमा वीरगन्जकाे एलएस न्युराे अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएको हाे भने साेही स्कुटीमा पछाडि सवार बस्नेतकाे हरिवन स्थित स्वाभिमान अस्पतालमा उपचार भई रहेकाे छ । दुर्घटनामा संग्लग्न स्कुटी र ट्याक्टर ईलाका प्रहरी कार्यालय हरिवनकाे नियन्त्रणमा रहेकाे छ ।उनी हरिवन नगरपालिकाकाे नगर प्रहरी रहेकाले हरिवन नगरपालिकाले शाेक बिदा समेत दिएकाे छ ।