हरिवन नगरले कोरोना विशेष चिकित्सक भर्ना गर्ने

2.1k Shares

    सर्लाहीको हरिवन नगरपालिकाले विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड१९) को संक्रमण थप बढ्न नदिन स्वास्थ्यकर्मीको नियुक्ति गर्ने भएको छ ।कोरोनाको जोखिम नेपालमा झन बढी पर्दै गएको अवस्थामा त्यस किसिमको संकटलाई मध्यनजर गर्दै पुर्व तयारी स्वारुप नगरको स्वास्थ्य क्षेत्रलाई थप मजबुत र सुरक्षीत बनाउने भन्दै कोरोना विशेष क्वारेन्टाइन संचालनका लागी तत्कालै स्वास्थ्यकर्मी नियुक्ति गर्ने भएको हो ।
सकेसम्म संक्रमण नै आउन नदिन भन्दै नगर भित्र कोहि शंकास्पद व्यक्ति र संक्रमीत देखापरेमा त्यस अवस्थामा के गर्ने भन्ने पुर्व तयारी अनुरुप नगरको स्वास्थ्य सेवालाई थप सक्रिय रुपमा परिचालन गर्न र नागरिकलाई सेवा प्रदानका साथै सुरक्षित महसुस गराउन कोरोना विशेष चिकित्सक तुरुन्तै नियुक्ति गर्ने निर्णय गरिएको हरिवन नगरपालिकाका नगर प्रमुख गणेश प्रसाईले बताउनु भयो। 
नगर प्रमुख प्रसाइको अध्यक्षतामा बसेको नगरको बैठकले यस्तो निर्णय गरेको हो ।लकडाउनका कारण नगर भित्रका आफ्ना नागरिकहरुलाई सामान्य स्वास्थ्य परिक्षण गर्न अन्यत्र जान समस्या पर्ने अवस्थाको मध्यनजर गर्दै सुगर, प्रेसर लगायतका बिरामीको परिक्षण गर्न तत्काल ल्याबको स्थापना गरि सेवा संचालन गर्ने समेत नगर प्रमुख प्रसाईले बताउनु भयो । लकडाउनले उत्पन्न हुन सक्ने आर्थिक लगायतका समस्याहरूलाई मध्यनजर गर्दै त्यसको समाधान तथा नियन्त्रणका लागी नगरले विशेष प्याकेजहरु समेत तत्काल ल्याउने घोषणा गरेको छ ।
त्यसको लागी नगरले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर त्यस किसिमको योजना तत्काल बढाउने भएको हो । अब आइपर्ने खाद्य संकटलाई मध्यनजर गर्दै विदेशबाट अब फर्किने युवा र खेती गर्न इच्छुक नेपाली युवाहरूलाई सामुहिक कृर्षी खेतीको लागी अनुदान उपलब्ध गराउने निर्णय समेत गरेको नगर उप प्रमुख रेणुका पौडेलले जानकारी दिनु भयो ।
बिदेशबाट फर्केका युवाहरूलाई बिना धितो नगरले ऋण समेत प्रदान गर्ने भएको छ। अनुदान र सहयोगलाई सहज गराउन किसान परिचयपत्र समेत प्रदान गर्ने नगरले तयारी थालेको छ । नगरले लिदै आएको घर बहाल कर ४ महिनाको नलिने समेत घोषणा गरेको हो। नगर भित्रका नागरिकले बुझाउने मालपोत, तिरो लगायतका करमा केहि निश्चित प्रतिशत छुट समेत गर्ने योजना रहेको नगरले जनाएको छ ।  नगर भित्र स्थापना हुन आउने साना तथा मझौला उद्योग दर्तामा ५ सय ५ रुपैँया छुट दिने समेत निर्णय गरेको छ । लकडाउनलाई थप कडाइ गर्न, व्यवस्थित र मर्यादीत बनाउन नगर भित्र स्वयंसेवक खटाउने नगरले तयारी समेत गरेको छ ।

सम्बन्धित समाचार