प्रविधिले खायो परम्परा, पत्थरकट्टा(कालिगढ)हरुको पुख्र्याैली पेशा धरापमा

316 Shares

सर्लाहीका विभिन्न स्थानमा ढुँगाबाट बनाइएका सामाग्रीहरुको विक्रि वितरण गरेर राम्रो आम्दानी गरेका पत्थरकट्टा(कालिगढ)हरु अहिले पेशाबाट विस्थापित हुने अवस्थामा पुगेका छन् ।केही वर्ष अघिसम्म दाल,गहुँ,मसला आदी पिस्नका लागि प्रविधिमा आधारित मिक्सचर तथा अन्य उपकरणहरु नहुँदा ढुँगाबाट बनाइएका लोहोरो,सिलौटो र जाँतो लगायतका घरायसी प्रयोगका सामाग्रीहरुलाई प्रविधियुत्त सामाग्रीहरुले खाई दिएपछि सर्लाहीका पत्थरकट्टा(कालिगढ)हरु अहिले पेशाबाट विस्थापित हुने अवस्थामा पुगेका हुन ।
प्रविधियुक्त सामाग्रीहरुको प्रवेशसँगै परम्परागत जाँतो र सिलौटो प्रयोग हुने छाडेपछि त्यही पेशा गर्ने पत्थरकट्टा(कालिगढ)हरुको रोजीरोटी गुमेको छ ।पछिल्लो समय दाल,गहुँ,मसला पिस्ने मिल र ग्राइण्डिङ मेशिन तथा मिक्सचर जस्ता प्रविधियुत्त विद्युतीय सामाग्रीहरुका कारण परम्परागत जाँतो र सिलौटो बिक्री हुन छाडेपछि पुतौँदेखि पत्थरकट्टा(कालिगढ)हरुको रुपमा काम गर्नेहरुको रोजीरोटी गुम्ने अवस्थामा पुगेको उनीहरुको गुनासो छ ।
बजारमा सहजै उपलब्ध हुने यस्ता आधुनिक उपकरणका कारण ढुँगाबाट बनाइएका परम्परागत जाँतो र सिलौटो बिक्री हुन छाडेपछि आफुहरुको पुर्ख्यौली पेशा संकटमा परेको भन्दै पत्थरकट्टा(कालिगढ)हरुले चिन्ता व्यक्त गरेका छन् ।मानिसहरु कुटानी पिसानीका लागि ढुँगाबाट बनाइएका परम्परागत सामाग्रीहरु लोहोरो,सिलौटो,जाँतो र ओखल लगायतका उपकरणहरुको प्रयोग गर्नुको साटो आधुनिक उपकरणहरुको प्रयोग गर्न थालेका छन्।धेरै मेहनत पनि गर्नु नपर्ने र सजिलो पनि भएका कारण आधुनिक उपकरणहरुको प्रयोग बढ्न थालेपछि हातले बनाइएका उपकरणहरुले बजार पाउन छाडेकोले आफुहरुको पेशा व्यवसाय नै डगमगाउने अवस्थामा पुगेको पत्थरकट्टा(कालिगढ)हरुको गुनासो छ ।
तयारी मसलाको धुलो बजारमा आउनु र मसला पिस्नका लागि आधिुनिक मेसिनहरु बजारमा पाइनुले सिलौटो र लोहोरोको माग घट्दै गएको छ ।सिलौटो,जाँतो र ओखल बनाउन पाहाडबाट ढुँगा खोजेर ल्याउनुपर्छ।सय वटा ढुँगामा दुई वटा ढुँगा मात्र काम लाग्ने हुन्छन्।एउटा सिलौटोको मुल्य रु चार सयदेखि छ सयसम्म र जाँतोको मुल्य रु एक हजारदेखि एक हजार पाँच सय सम्ममा बिक्री हुने गरेकोमा लागत मुल्य समेत असुल उपर नहुने पत्थरकट्टा(कालिगढ)हरुको भनाई छ ।
एउटा जाँतो र सिलौटो तयार पार्न दिनभर लाग्छ तर विक्रि गर्दा लागत मुल्य पनि उठ्दैन् मलंगवा नगरपालिका ४ का पत्थरकट्टा(कालिगढ) अशोक थबइले बताए । पुर्खाैदेखि चल्दै आएको आफ्नो व्यवसाय पुस्तान्तरण हुँदै आएको भए पनि अब पुस्तान्तरण नहोला कि भन्ने चिन्ता लागेको उनको भनाई छ।नेपालमा लोपोन्मुख जातीको सूचिमा रहेको थबइ जातिको संख्या करिब दुई सय घरधुरी मात्र रहेको विभिन्न तथ्यांकहरुमा उल्लेख छ।
थबइ समुदायका पत्थरकट्टा(कालिगढ)हरु सर्लाही सदरमुकाम मलंगवा,लालबन्दी, हरीवन,ईश्वरपुर,बरहथवा र बागमती नगरपालिकाका विभिन्न स्थानमा सानो छाप्रो बनाएर त्यसैमा परिवारसहित गुजाराका लागि आफ्नो पुख्र्यौली पेशा गरि रहेका छन् ।
पछिल्लो समय तिब्र गतिमा विकास भईरहेको आधुनिक प्रविधिको असर पत्थरकट्टा(कालिगढ)मा जस्तै अरु परम्परागत पेशाका जाती समुदायहरुमा पनि परेको छ।उनीहरु पनि आफ्नो पेशाबाट क्रमिक रुपमा विस्थापित हुँने अवस्थामा पुगेका छन् ।

सम्बन्धित समाचार