सर्लाही क्षेत्र नम्बर १ मा बाम लाेकतान्त्रीक गठबन्धनका चाैधरी विजयी,२ मा महेन्द्र,३ मा उप्रेती र ४ मा सिंह अगाडि

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-८-७ गते   ५२ पटक हेरिएको

सर्लाही क्षेत्र नम्बर १ मा बाम लाेकतान्त्रीक गठबन्धनकाे साझा उम्मेदवार लाेकतान्त्रीक समाजवादी पार्टी(लाेसपा) का राम प्रकाश चौधरी बिजयी हुनु भएको छ ।

उहाँले नेकपा(एमाले)बाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिनु भएका लालबन्दी नगरपालिकाका निवर्तमान नगर प्रमुख मान बहादुर खड्कालाई पराजित गर्नु भएको मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतकाे कार्यालयका अनुसार नेपाल प्रहरीका पुर्व प्रहरी निरिक्षक समेत रहनुभएका चौधरीले  २४ हजार ८ सय ३८ मत पाउँदा खड्काले १८ हजार ४ सय ४ मत प्राप्त गर्नुभएको थियो । चौधरीले खड्काभन्दा ६ हजार ४ सय ३४ बढि मत ल्याएर प्रतिनिधिसभा सांसदमा निर्वाचित हुनु भएको हो ।

सर्लाही १ बाट प्रतिनिधिसभातर्फ चौधरीसहित १० जना चुनावि मैदानमा रहेका थिए । तेश्रोमा स्थानमा रहनुभएका जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेता सोहि क्षेत्रका निवर्तमान प्रतिनिधि सभा सदस्य समेत रहनुभएका प्रमोद साहले १४ हजार २ सय ५५ मत प्राप्त गर्नुभएको छ ।

चार वटा प्रतिनिधि सभा रहेकाे जिल्लामा क्षेत्र नम्बर २ मा महेन्द्र राय,क्षेत्र नम्बर ३ मा हरि उप्रेती र क्षेत्र नम्बर ४ मा डा.अमरेस कुमार सिहकाे अग्रता कायमै रहेकाे  छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech