सकसका विच पनि सिन्धुलीका कार्यालयहरु सञ्चालन हुँदै

391 Shares

भदौ २३ र २४ गते भएको “जेन जी”आन्दोलनका क्रममा तोडफोड तथा आगजनी भएका कार्यालयहरु क्रमैसंग सञ्चालन हुन थालेका छन्।भ्रष्ट्राचार र वर्तमान अवस्थाको विरोध गर्दै आयोजना गरिएको आन्दोलनको क्रममा तोडफोड भएका सिन्धुलीका सरकारी कार्यालयहरु क्रमैसंग सञ्चालन हुन थालेका हुन ।
शान्ती सुरक्षालाई थप व्यवस्थित बनाउँदै तोडफोड तथा आगजनी भएका कार्यालयहरुबाट नागरिकहरुलाई सेवा लिन सहजहोस भन्नका लागि सहयोगी दाताहरुका साथै अन्य कार्यालयहरुसंग भएका स्रोत साधनहरुको साझेदारीमा कार्यालयहरु पहिला कै अवस्थामा सञ्चालनमा ल्याउने काम भएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए ।
उनका अनुसार जिल्लाका सबै सरकारी कार्यालयहरुका प्रमुखहरुको बैठक बसेर छलफल गरी क्षेती नभएका कार्यालयहरुसंग रहेका स्रोत साधनहरुलाई साझेदारीमा ल्याएर भएपनि कार्यालयहरुबाट प्रवाह हुने सेवा प्रवाहमा कुनै कसर बाँकी नराख्ने काम भएको छ ।
सिन्धुली जिल्ला अदालत,जिल्ला प्रशासन कार्यालय,कमलामाई नगरपालिका र कमलामाई नगरपालिका ५ को कार्यालय,जिल्ला समन्वय समिति सिन्धुली,मालपोत कार्यालय र करदाता सेवा कार्यालयमा “जेन जी”आन्दोलनका क्रममा तोडफोड तथा आगजनी भएको थियो । 
यी कार्यालयहरुलाई समेत सरसफाई गरी सेवा प्रवाह सुरु गरिएको भएपनि पहिला कै अवस्थामा सञ्चालनमा ल्याउन समय लाग्ने जिल्ला समन्वय समिति सिन्धुलीले जनाएको छ । क्षती भएका कार्यालयहरुले सामान्य सेवा सुरु गरेका भएपनि क्षेती नभएका अरु कार्यालयहरुले आफ्नो नियमित सेवा प्रवाह गरि रहेका छन् ।सिन्धुलीमा संघिय र प्रादेशिक कार्यालयहरुका साथै स्थानीय तहहरु गरी करिब चार दर्जन कार्यालयहरु रहेका छन् । 

सम्बन्धित समाचार