सर्लाहीमा ट्राफिक प्रहरीको सडक सुरक्षा सप्ताह सुरु

852 Shares

दुर्गा कुमारी अधिकारी
जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले सडक सुरक्षा सप्ताह सुरु गरेको छ । शान्तिपूर्ण एवम सुरक्षित यात्राका लागि सडक सुरक्षा सप्ताह २०८० सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक लेखनाथ मैनालीले जानकारी दिए ।
पूर्व–पश्चिम राजमार्गस्थित हरिवन बजारमा हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकी,प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीलगायतको उपस्थितिमा सोमबारबाट सुरु भएको सप्ताह सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक मैनालीले बताए ।
उनका अनुसार सप्ताहमा विद्यार्थी,स्काउटमा आवद्ध बालबालिका,ट्राफिक प्रहरी,सुरक्षा अधिकारी,जनप्रतिनिधि,व्यापारी र सामाजिक क्षेत्रमा क्रियाशील संघ÷संस्थाका प्रतिनिधिलगायतको उपस्थितिमा सचेतनामूलक र्याली निकालेर सडक सुरक्षा सप्ताहको प्रारम्भ गरिएको हो । सप्ताहमा सहभागीहरुले सवारी चलाउँदा सडकमा ध्यान केन्द्रित गरौँ,सवारी साधन चेकजाँच गरेर मात्रै चलाऔं,मादक पदार्थ सेवन गरी सवारी साधन नचलाऔं,नियमपूर्वक सवारी चलाउ र जरिवानाबाट बचौँ,तीव्र गति जीवन क्षति जस्ता सचेतनामूलक नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यावस्थापन कार्यालय पथलैया बाराको निर्देशन अनुसार सुरु गरिएको सडक सुरक्षा सप्ताह अन्तर्गत जिल्लाका मुख्य बजार क्षेत्रमा सचेतनामूलक र्याली निकाल्ने,पर्चा पप्पलेट वितरण गर्ने,माइकिङ गर्ने र विद्यालयहरुमा पुगेर विद्यार्थीहरुलाई ट्राफिक नियमसम्वन्धी कक्षा सञ्चालन गर्ने लगायतका योजना रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
जसबाट सडक दुर्घटनाहरु घट्ने,माधक पदार्थ तथा लागु पदार्थ प्रयोग गरि सवारी चलाउने संख्या घट्ने,सवारी चलाउदा सवारी दर्ता किताब र सवारी चालक अनुमती पत्र साथमा लिएर सवारी चलाउनु पर्छ भन्ने सन्देश प्रवाह हुने ट्राफिक प्रहरीले विश्वास लिएको छ ।

सम्बन्धित समाचार