सर्लाहीको इश्वरपुर नगरपालिका ११ का वडा अध्यक्ष र वडा सदस्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बनमा राख्न आग्रह गरेको छ । भ्रष्टाचारमा मुछिएका इश्वरपुर नगरपालिका ११ का नवनिर्वाचित वडा अध्यक्ष रामदुलार साह र वडा सदस्य उमेश रायलाई निलम्बनमा राख्न इश्वरपुर नगरपालिका समक्ष अख्तियारले आग्रह गरेको हो ।
ईश्वरपुर नगरपालिका–११ का तत्कालीन वडा अध्यक्ष र वडा सदस्य समेत रहेका उनिहरु पुनः वडा अध्यक्ष र वडा सदस्य पदमा निर्वाचित भएपनि उनिहरु उपर घुस लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को कसुर गरेको पुष्टि हुन आएकोले ती जनप्रतिनिधिहरुलाई कानुन अनुसार निलम्बनको व्यवस्था कार्यान्वयन गर्न गराउन सम्वन्धित निकायलाई आयोगले आग्रह गरेको हो ।
उनीहरुमाथी बिगो रु १ लाख ५० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र सोही ऐनको दफा ३ को उपदफा ९१० को खण्ड ९घ० बमोजिमको सजायको मागदाबी लिई आयोगबाट २०७८ पुस १४ मा विशेष अदालतमा मुद्दा दायर भएको थियो।
उक्त मुद्दा विचाराधीन रहेकै अवस्थामा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ मा कसुरको आरोप लागेको कुनै व्यक्ति र राष्ट्रसेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बन रहने व्यवस्था रहेको छ ।
सो अनुसार हाल वडा अध्यक्ष र वडा सदस्य पदमा निर्वाचित साह र रायको हकमा उनिहरु विरुद्दको मुद्दा अन्तिम किनारा नभएसम्म स्वतः निलम्बनमा रहने व्यवस्था कार्यान्वयन गर्न गराउन आयोगले सम्बन्धित पक्षलाई पत्र लेखि आग्रह गरेको हो ।
उनिहरुलाई २०७८ कातिक २९ गते सोमबार घुस रकम सहित अख्तियारले पक्राउ गरेको थियो । ढलानसम्बन्धी काम सम्पन्न गरेपछि उपभोक्ता समितिलाई कार्य सम्पन्न गरेको सिफारिस गरिदिए वापत उनिहरुले रु १ लाख ५० हजार घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले उनिहरुलाई पक्राउ गरेको थियो ।
अख्तियारको टोलीले उनिहरुलाई लालबन्दी नगरपालिका ७ स्थित सोनेलाल साहको कृष्ण इन्टरप्राइजेजबाट पक्राउ गरेको थियो । पक्राउ परेका दुवै जनामाथि अनुसन्धान जारी राखि मुद्धा विचाराधिन रहेकाले कानुन अनुसार निलम्बनको व्यवस्था कार्यान्वयन गर्न गराउन सम्वन्धित निकायलाई आयोगले आग्रह गरेको हो ।