शंखर पहाडी(गौरब)
रौतहटको गुजरा नगरपालिका क्षेत्रमा प्रहरीको मिलेमतोमा जुवा,तास खेलाउने,काठ,तस्करी गर्ने साथै घरेलु मधिरा उत्पादन गरिएको पाईएको छ ।
गुजरा नगरपालिका क्षेत्रको वडा नम्बर १,२,६ र ७ का महिडा र कटानी क्षेत्रमा जुवा,तास खेलाउने,चोचा,महिडा र रंगपुर क्षेत्रबाट काठ तस्करी र ब्रम्हपुर क्षेत्रमा घरेलु मधिरा उत्पादन हुने गरेको पाईएको हो ।
गुजरा नगरपालिका १ मा रहेको प्रहरी चौकी रंगपुर रौतहटका असई विनालाल प्रसाद यादवको मिलेमतोमा जुवा,तास खेलाउने,काठ तस्करी र घरेलु मधिराको कारोवार गर्न दिएर असई यादवले मासिक करिब १ लाख ५० हजार कमिसन उठाउने गरेको स्थानीयले बताएका छन् ।
असई यादवले कमिसन उठाएर ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक एकराज कोईरालालाई समेत बुझाउने गरेको पाईएको छ ।
विगत करिब १० महिनादेखि प्रहरी चौकी रंगपुरमा प्रमुखको रुपमा रहेका असई यादवले प्रहरीको सांगठानिक सिद्धान्त तथा आचारणमा रहि शान्ति सुरक्षा प्रदान गर्नुको सट्टा कमिसनमा लिप्त हुँदा प्रहरीमाथी नै स्थानियले प्रश्न उठाएका छन् ।