नेपाल जेसीजको राष्ट्रिय ३९ साखाका अध्यक्षहरु सम्मिलित क्षेत्र ’ख’ शाखा अध्यक्ष भेला शनिवार सम्पन्न भएको छ । नेपाल जेसीजको राष्ट्रिय तालिका अनुसार ३९ साखाका अध्यक्षहरु सम्मिलित क्षेत्र ’ख’ शाखा अध्यक्ष भेला शनिवार सम्पन्न भएको हो ।
नेपाल जेसिजको क्षेत्रिय सम्मेलनमा प्रस्तुत गरिने विषयबस्तु र जेसीजका विभिन्न बाटो र पाटोका सन्दर्भमा नेतृत्वकर्ता शाखा अध्यक्षहरु विचमा हुने शाखा अध्यक्ष भेला अन्तर्गत शनिवार नै नेपाल जेसीजका चारवटै क्षेत्रका अध्यक्षहरुको उपस्थितीमा भेला सम्पन्न भएको महासचिव ठाकुर प्रसाद बख्रेल(मनोज)ले जानकारी दिनु भयो ।
नेपाल जेसीजले नेपाल भरिका जेसीज शाखाहरुलाई ४ क्षेत्रमा विभाजन गरेको छ । जसअन्तर्गत क्षेत्र ख मा प्रस्तावित ४ शाखा सहित ३९ शाखा रहेको छ । शनिबार(आज) शाखा लालबन्दी जेसीजका अध्यक्ष सन्तोष पौडेलको अध्यक्षतामा भएको उद्घघाटन सत्रको औपचारिक उद्घघाटन लालबन्दी नगरपालिका नगर प्रमुख मान बहादुर खडकाले गर्नु भएको थियो । उद्धघाटन सत्रमा बोल्दै नगर प्रमुख खड्काले लालबन्दी जेसीज र नगरपालिका सहयात्री भएको र यसको उत्थान र विकासमा नगर कार्यपालिका सधै सकारात्मक रहेको बताउनु भयो ।
कार्यक्रममा बोल्ने अधिकांस वक्ताले जेसीजको कार्यसम्पादनको खुलेर प्रसंसा गरेका छन् ।सम्पूर्ण आम्दानी खर्च सहितको विस्तृत प्रतिवेदन एक कार्यक्रमका विच सार्वजनिक गरिने महासचिव बख्रेलले कमलामाई खबरलाई जानकारी दिनु भयो ।
कार्यक्रममा नेपाल जेसीजका महासचिव कृष्ण सापकोटा,कार्यकारणी उपाध्यक्ष शुनिल तिमल्सिना,लालबन्दी नगरपालिकाकी नगर उप प्रमुख शान्ति कुमारी लामा, लालबन्दी नगरपालिका ७,का वडा अध्यक्ष सुरेन्द्र कुमार न्यौपाने,उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार जोशी,नेपाल चेम्बर अफ कमर्श लालबन्दीका अध्यक्ष सुमन खत्री, नेपाल जेसीजका निरुपित उपाध्यक्ष नरेश चन्द्र ओझा, रष्मी बस्नेत, कृष्ण बहादुर श्रेष्ठ ,मातृशाखा चन्द्रनिगाहपुर जेसीजका अध्यक्ष उज्वल रिजाल,लालबन्दी जेसीजका संस्थापक अध्यक्ष किरण घिमिरे , निवर्तमान अध्यक्ष श्यामकुमार खड्का लगायतको अतिथ्यता रहेको आयोजकले जनाएको छ ।