सर्लाहीका अधिकांश स्थानिय निकाय निमित्त प्रमुख प्रशासकिय अधिकृतको भरमा,हरिवनमा अझै छैनन् प्र.प्र.अधिकृत

3.1k Shares

सर्लाहीका केही स्थानि नियकाहरुमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक कामकाज प्रभावित भएको छ । जिल्लाका २० वटा स्थानीय निकायहरु मध्य अहिले विभिन्न स्थानीय निकाय प्रमुख प्रशासकीय अधिकृत विहीन भएका छन् भने केही पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालीत रहेका छन् ।
हरिवन नगरपालिका एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृत विहीन भएको छ । प्रमुख प्रशासकीय अधिकृत खरुदेव चुँडाल नगरपालिका कार्यालय छाडेर गएको करिब एक महिना हुनै लाग्दा पनि मन्त्रालयले नयाँ प्रशासकीय अधिकृत पठाएको छैन् ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाको कामकाज प्रभावित भएपछि नगर कार्यपालिकाको बैठकले नगरपालिकाको शिक्षा शाखामा कार्यरत उपसचिव नवराज निरौलालाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हरिवन नगरपालिका ११ का वडा अध्यक्ष शेष मेहबुब रेजाले जानकारी दिनुभयो ।
त्यसैगरी जिल्लाको हरिपुर नगरपालिकामा पनि अहिले निमित्त प्रमुख प्रशासकीय अधिकृतको काम गरि रहेका छन् । सामाजिक विकास शाखाका अधिकृत विनय पौडेलले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन् ।यता, चक्रघट्टा, रामनगर र धनकौल गाउँपालिका लगायतका पालिकाहरु पनि निमित्त प्रमुख प्रशासकीय अधिकृत कै भरमा  सञ्चालीत रहेका छन्।
अधिकांश स्थानीय निकायमा जनप्रतिनिधिहरुसँगको खटपटपछि प्रमुख प्रशासकीय अधिकृतहरू सरुवा गराएर जाने क्रम बढेको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक कारोबार नहुने भएकाले स्थानीय निकायहरुमा विकास निर्माणका काम प्रभावित भएका छन् ।जनप्रतिनिधिहरुले नीयम विपरित काम गर्न दबाब दिएपछि प्रमुख प्रशासकीय अधिकृतहरु धमाधम सरुवा भएर जाने र अर्काे प्रमुख प्रशासकीय अधिकृत आयन नमान्दा स्थानिय निकायका कामहरु प्रभावित हुने गरेका छन् ।
साथै,करिब दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृत विहीन रहेको बरहथवा नगरपालिकामा भने नयाँ प्रशासकीय अधिकृत सोमबार हाजिर हुनु भएको छ । राजविराज नगरपालिका सप्तरीबाट उपसचिव मदन कुमार थापा सरुवा भएर बरहथवा नगरपालिका आउनु भएको बरहथवा नगरपालिका १ का वडा अध्यक्ष रत्न बहादुर गिरीले जानकारी दिनु भयो ।

सम्बन्धित समाचार