हरिवन क्यानेश्वर सडकको अर्थमन्त्रीद्धय यादव र काफ्लेले गरे अनुगमन

368 Shares

मधेश प्रदेशको सर्लाहीर बागमती प्रदेशको सिन्धुली जोड्ने सडक निर्माणका लागि दुई मन्त्री सहितको टोलीले स्थलगत अवलोकन गरेको छ।मेधश प्रदेशको सर्लाहीर बागमती प्रदेशको हरिहरपुरगढी गाउँपालिका स्थित मदन भण्डारी राजमार्ग जोड्ने सडक निर्माणका लागि मधेश प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवर बागमती प्रदेशका अर्थमन्त्री कुुन्दनराज काफ्लेसहितको टोलीले स्थलगत अवलोकन गरेको हरिवन नगरपालिकाका नगर प्रमुखरमेश बुढाथोकी(कमल)ले जानकारी दिए ।उनका अनुसार नेपाल भारत सिमा स्थित सर्लाहीको विष्णु गाउँपालिका देखि हरिवन हुँदै बागमती प्रदेशको हरिहरपुरगढी गाउँपालिकाको क्यानेश्वर हुँदै मदन भण्डारी राजमार्गलाई जोड्ने सडक निर्माणका लागि मधेश प्रदेशका अर्थ मन्त्री यादवर बागमती प्रदेशका अर्थ मन्त्री काफ्ले सहितको टोलीले स्थलगत अनुगमन गरेको हो ।हरिवनदेखि सिन्धुलीको क्यान खोलासम्म केही ठाउँमा कालो पत्रे,केही ठाउँमा ढलान,केही ठाउँमा ढुुङ्गाा बिछ्याइएको र थोरै ठाउँमा मात्रै कच्ची सडक रहेको भएपनि क्यानेश्वर देखि मदन मण्डारी राजमार्ग सम्म पुग्न खोलाको बाटो मात्रै हरेको छ ।खोला बागरको बाटो हिउँदमा जसोतसो मालवाहक तथा यात्रु बाहक सवारी साधनहरु सञ्चालन भएपनि वर्षा लागेपपछि सडक सम्बन्ध टुट्ने गरेको छ ।
हरिवनदेखि मरिणसम्म पक्की सडक पुु¥याउन सके संघीय राजधानी काठमाडौँ सँगको दूरी छोटो हुने तथा व्यापारीक हिसाबले पनि सर्लाही र सिन्धुली दुवै जिल्लाका स्थानीयलाई ठूलो लाभ मिल्ने भएकाले नगर उद्योग वाणिज्य संघ हरिवनले कार्यक्रमको आयोजना गरेको नगर उद्योग वाणिज्य संघ हरिवनका अध्यक्ष प्रयागराज पोतेले जानकारी दिए ।छिमेकी जिल्ला सिन्धुलीको हरिहरपुरगढी र मरिण गाउँपालिकाका अधिकांश स्थानीय हाट बजार गर्न हरिवन बजार आउने र हरिवनको व्यापारी महत्व बढाउनका लागि भन्दै हरिवन नगरपालिकाले हरिवन क्यानेश्वर सडक निर्माणमा चासोका राख काम गरिरहेको हरिवन नगरपालिकाकी उप प्रमुख हरिमाया घलानले बताईन्।उनका अनुसार हरिवन नगरापालिका ८ स्थित चापिनि खोलामा पक्की पुल निर्माणाधिन अवस्थामा रहेको  छ भने हरिवन क्यानेश्वर सडक अन्तर्गत सर्लाहीतर्फ करिब डेढ किलोमिटर सडक मात्रै ढलान तथा कालोपत्रे गर्न बाँकी रहेको छ ।
मधेश प्रदेश सरकारकै गौरवको आयोजनाको रुपमा हरिवन क्यानेश्वर सडकलाई राखेर बजेट विनियोजन गर्न आफू तयार रहेको मधेश प्रदेशका अर्थमन्त्री यादवले बताए ।उनले दुई वटा प्रदेश अन्र्तगत पर्ने हरिवन क्यानेश्वर सडक निर्माणका लागि संघीय सरकारको पनि साथ आवश्यक रहेको बताए।हरिवन क्यानेश्वर सडक निर्माणको काम पूरा गर्ने आफ्नो जिम्मेवारी रहेको सम्झेर पहल अघि बढाउने बागमती प्रदेश सरकारका अर्थमन्त्री काफ्लेले बताए ।सो सडकको अधिकांश भाग सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका अन्र्तगत पर्ने भएपनि सो क्षेत्रका स्थानीय व्यापारीक प्रयोजनका लागि हरिवन आउने भएकाले सो सडक निर्माणमा दुवै तर्फका स्थानीय तथा प्रदेश सरकारहरु गंभिर हुनु पर्ने स्थानीय जानकारहरु बताउँछन् ।

सम्बन्धित समाचार