जिल्ला प्रहरी कार्यालय बाराले करिब रु ५० लाख बराबरको भन्सार छलीको सामान,ट्रक सहित १ जनालाई नियनत्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी टोलीले जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका १० नितनपुर चोक स्थित वीरगंज–पथलैया सडक खण्डबाट विशेष सुचनाको आधारमा भन्सार छलीको सामान लिएर आउँदै गरेको ना ६ ख ५२७८ नम्बरको ट्रक र भन्सार छली रजनीगन्धा,तुलसी लगयतका विभिन्न सुर्तिजन्य पदार्थ लुकाई छिपाई वीरगंजबाट काठमाण्डौतर्फ लगिरहेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक होमिन्द्र बोगटीले जानकारी दिए ।

ना ६ ख ५२७८ नम्बरको ट्रक रु ३५ लाख बराबरको र रु १३ लाख ९९ हजार ८ सयको भनसर छलीको सामान गरी रु ४८ लाख ९९ हजार ८ सय बराबरको रहेको प्रहरी उपरिक्षक बोगटीले बताए ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार ट्रक,भन्सार छलीको सामान र ट्रकका चालक धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका ५ बस्ने अन्दाजी वर्ष ३५ का नकुल परियार रहेका छन् । नियन्त्रणमा लिइएको सामान,ट्रक र चालक परियारलाई भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय वीरगंज, पर्सामा बुझाइएको बारा प्रहरीले जनाएको छ ।