सर्लाहीको बागामती नगरपालिका २ धरहरा स्थित रहेको जनवाल कल्याण मा.वि.का शिक्षक ओम बहादुर कार्कीले अभिभावकहरुलाई अनुरोध पत्र लेखेका छन्।उनले“विद्यालयहरुका विभिन्न वार्षिक परीक्षाहरु नजिकिँदै गरेको समयमा अमूल्य साथ र सहयोगको अपेक्षा गर्दै विद्यार्थीहरूको नतिजा सुधारका लागि शिक्षा शाखा,प्रधानाध्यापक र शिक्षकहरू लगायत हामी सबै सरोकारवालाहरू निरन्तर प्रयासरत छौँ।”लेखेका छन् ।उनले अभिभावकहरुलाई अनुरोध गर्दै लेखेको पत्रमा“बालबालिकाले विद्यालयमा भन्दा बढी समय घरमै बिताउने भएकाले हजुरहरूको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहन्छ।त्यसैले आफ्नो नानीबाबुको अध्ययन प्रति अझ बढी संवेदनशील भई,उनीहरूको शैक्षिक प्रगति र सफलता सुनिश्चित गर्न थप प्रयास गरिदिन हार्दिक अनुरोध गर्दछौँ।अभिभावक र विद्यालयबीचको सहकार्यले मात्र बालबालिकाको उज्वल भविष्य निर्माण गर्न सकिने छ भन्ने विश्वास छ ।”
उनले अभिभावकहरुलाई दिएको सुझाबमा“नियमित अध्ययनको वातावरण निर्माण गर्नु,आफ्नो नानीबाबुहरूलाई अध्ययनको लागि समय तालिका (रुटिन) बनाएर अनुशासनमा राख्नु,पछिल्लो नतिजाको समीक्षा गर्नुहोस्ःदोस्रो त्रैमासिक परीक्षाको नतिजा हेरेर कमि कमजोरी भएका विषयहरूमा विशेष ध्यान दिनु,बिहानको समयको सदुपयोग गर्नुहोस्ःनानीबाबुहरुलाई विहान चाँडो उठेर पढ्ने बानी बसाल्न प्रेरित गर्नु,पाठहरुको पुनरावृत्ति (च्भखष्कष्यल)ःपछिल्ला पाठहरू नियमित रुपमा दोहो¥याएर पढ्न लगाउनु,अघिल्ला प्रश्नपत्र अभ्यास गर्नुहोस्ःअघिल्लो वर्षका प्रश्नपत्रहरू अभ्यास गराएर परीक्षाको तयारी सुदृढ गर्नु,विद्यालयमा नियमित उपस्थितिःवार्षिक परीक्षाका लागि कम्तीमा ७५% उपस्थिति अनिवार्य भएकाले नियमित विद्यालय पठाउनु,शिक्षकहरूसँग समन्वय र नानीबाबुको तयारीका लागि कक्षा शिक्षक, विषय शिक्षकसँग समय–समयमा परामर्श गर्नु,डिजिटल माध्यमको सीमित प्रयोगःआवश्यकताभन्दा बढी टिभी,मोबाइल वा गेमिङमा समय खर्च गर्न नदिनु,घरमै अध्ययनको राम्रो वातावरणःघरमा शान्त,व्यवस्थित र अध्ययन मैत्री वातावरण सुनिश्चित गर्न” अनुरोध गरेका छन् ।
“अध्ययन र विश्रामको सन्तुलनःअध्ययनसँगै उचित विश्राम र मनोरञ्जनका लागि पनि समय दिनु ताकि बालबालिकामा मानसिक दबाव नहोस्,स्वस्थ जीवनशैलीःसन्तुलित आहार, पर्याप्त निन्द्रा र शारीरिक व्यायाममा पनि ध्यान दिँदा मानसिक तन्दुरुस्ती राख्न मद्दत गर्छ। सकारात्मक हौसलाःनानीबाबुलाई निरन्तर प्रोत्साहन गर्ने र असफलता प्रति निराश नबनाइ सकारात्मक सोच विकास गराउन,सक्रिय सहभागिताःबालबालिकासँग बसेर उनीहरूको पढाइको प्रगति नियमित रूपमा जाँच गर्ने,समस्या समाधानमा सहयोगःयदि कुनै विषयमा कठिनाइ भइरहेको छ भने त्यसको समाधान खोज्न शिक्षक वा ट्युटरको सहयोग लिने,समय व्यवस्थापनको तालिमःनानीबाबुलाई परीक्षा तयारीका लागि समय व्यवस्थापनको महत्व दिने,परीक्षा भन्ने डर हटाउने र परीक्षालाई तनावको रूपमा नभई सिकाइको प्रक्रिया भनेर बुझाउन प्रेरित गर्न”शिक्षक कार्कीले अनुरोध गरे ।
नानीबाबुहरुको सिकाइ सुधारमा हाम्रा शिक्षकहरुले निरन्तर प्रयास गरीनै रहनु भएकै छ। अभिभावकहरूको सक्रिय सहयोग र सकारात्मक समर्थनले नानीबाबुको शैक्षिक सफलतामा महत्वपूर्ण भूमिका खेल्ने हुँदा हजुरहरुको साना प्रयासहरूले पनि नानीबाबुहरुको उज्वल भविष्य निर्माण गर्न प्रेरणा मिल्नुको साथै शैक्षिक प्रगतीमा टेवा पुग्ने छ।शिक्षक कार्कीले आफ्नो अनुरोध पत्रमा लेखेका छन् ।