साना किसान भक्तीपुरकाे १८ औँ वार्षिक साधारण सभा सम्पन्न

345 Shares

सर्लाहीको ईश्वरपुर नगरपालिका २ स्थित रहेको साना किसान कृषि सहकारी संस्था लि.को १८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।संस्थाले वार्षिक साधारण सभामा कुल आम्दानी र एक करोड ९८ लाख १६ हजार नौ सय ५३ रुपैयाँ ७९ पैसा र खर्च एक करोड ३८ लाख ४५ हजार एक सय ४२ रुपैयाँ साथै खुद नाफा ५३ लाख ७४ हजार छ सय ७८ रुपैयाँ तीन पैसा बराबरको आय÷व्यय प्रस्तुत गरेको संस्थाका अध्यक्ष विजय साह सोनारसले जानकारी दिए ।
उनका अनुसार साधारण सभामा आर्थिक वर्ष २०८०/०८१ को लेखा परिक्षण प्रतिवेदन,आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक,२०८१/०८२ को कार्यक्रम तथा बजेट, शेयर लाभांश तथा संरक्षण पूँजीकोण र कर्मचारी बोनस वितरण,ब्याज छुट अनुमोदन,सञ्चालनको चालक समितिले गरे÷भएका निर्णय र साधारण सभाको निर्णय प्रमाणित प्रतिनिधि छनोट लगायतका विषयमा छलफल भएको छ ।
ईश्वरपुर नगरपालिका १,२,३,४,५ र १० कार्यक्षेत्र रहेको संस्थामा एक हजार दुई सय नौ जना शेयर सदस्यहरु रहेको संस्थाका उपा अध्यक्ष जनकलाल स्याङ्वाले जानकारी दिए ।उनका अनुसार ठुला ११ जना माछा तथा पशु पालक किसानहरुलाई संस्थाले रु दुई करोड ५१ लाख ९१ हजार एक सय ७७ ऋण लगानी गरेको छ ।
संस्थाको १८ औँ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष साहको अध्यक्षता तथा ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यको प्रमुख आतिथ्यातामा साधारण सभा सम्पन्न भएको संस्थाका सचिव काल कृष्ण कार्कीले जानकारी दिए ।

सम्बन्धित समाचार