ब्रम्हपुरी स्थित भेल्हीमा हुलाकी सडकको ‘साइड क्लियर’

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-११-१७ गते   ७६६ पटक हेरिएको

दुर्गा कुमारी अधिकारी

सर्लाहीको ब्रम्हपुरी गाउँपालिकास्थित भेल्ही बजारमा बुधबार हुलाकी सडक अन्तर्गतको ‘साइड क्लियर’ गरिएको छ ।ब्रम्हपुरी गाउँपालिका विद्यालयको पर्खाल र केही व्यक्तिको निजी जग्गामा रहेको रुख हटाउन समस्या भएका कारण सो क्षेत्रमा हुलाकी सडक निर्माणको काम हुन सकेको थिएन् ।


‘साइड क्लियर’ गराई सडकको अवरुद्ध काम अघि बढाउने सहमती जुटाएका आफुहरु फिल्डमा नै गएको सर्लाहीकाप्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।उनका अनुसार विद्यालयभन्दा अर्कोतर्फ जग्गाधनीले आफूले केही फिट छाडिदिने समझदारी गरेपछि त्यहाँ अब ‘साइड’ को समस्या नआउने अपेक्षा गरिएको छ ।
 जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंह,प्रमुख जिल्ला अधिकारी यादव, हुलाकी सडक आयोजना जनकपुरका प्रमुख कृष्ण कुमार महतोलगायत पुगेर सम्झाइ बुझाई गरी विवाद सुल्झाएका हुन् ।


भेल्ही बजारमा समस्या आउँदा मलंगवादेखि पूर्वतर्फको हुलाकी सडकको काम नै प्रभावित बनेको निर्माण कम्पनीका प्रतिनिधिले बताउँदै आएका थिए । सर्लाहीमा हुलाकी सडकको कतैकतै कालोपत्रे भएपनि अधिकांश ठाउँमा काम अलपत्र छाडिँदा अहिले अत्याधिक धुलोका कारण स्थानीय र यात्रीहरु समस्या परेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech