सर्लाहीको लालबन्दी नगरपालिका १३ ले नेपालीहरुको महान चाड दसैंलाई लक्षीत गरि आफ्नो वडामा रहेका कच्ची सडकहरुको स्तरोउन्नती गरेको छ । चाडपर्वको समय आफ्नो घर तथा आफ्न्तको घर जान आउन सहज होस भनेर आफ्नो वडा अन्र्तगत रहेका कच्ची सडकहरुलाई स्तरोउन्नती गरि आउन जान सहज बनाएको लालबन्दी नगरपालिका १३ का वडा सदस्य मोहन राउतले जानकारी दिनु भयो ।
उहाँका अनुसार लालबन्दी नगरपालिका १३ ले आफ्नो वडा अन्र्तगत रहेका कच्ची सडकहरु वर्षाको समयमा भत्कीएका कारण आफ्ना नागरिकहरु आफ्नो तथा आफन्तको घरसम्म सहज रुपमा पुगुन भनेर सडकलार्य आउन जान सकिने गरि मर्मत सम्भार गरिएको हो ।
दशैँको शुभकामना प्रदान गर्दै सहज रुपमा घर सम्म पुग्न सहज यात्राको लागि कच्ची सकडहरुको मर्मत सम्भारमा लागेका वडाहरुले अहिले आफ्नो वडाका सबै कच्ची सडकहरुको ममृत सम्भार गरि सकेको लालबन्दी नगरपालिका १३ का वडा अध्यक्ष शिवकृष्ण वैद्यले बताउनु भयो ।
तिलबारी बतासे , नारायण डाडा , तल्लो पथर्कोट सेतिभिर भाटिघारी, लगायतका स्थानका वर्षायाममा बिग्रेका भत्कीएका सडकहरुको मर्मत सम्भारको काम गरिदा सोक्षेत्रका नागरिकहरुलाई आफ्नो तथा आफन्तको घर जान आउन सहज भएको स्थानिय लालबहादुर श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार आफ्नो घर जान आउन तथा आफन्तलाई भेट्न जान आउनु सहज बनाई दिएको भन्दै वडाअध्यक्ष तथा वडाका जनप्रतिनिधिहरुलाई बधाई दिँदै स्थानिय वडाबासीहरुले खुसी व्यक्त गरेका छन् ।