प्रेस सेन्टर नेपाल ललितपुरले भूकम्प पीडित पत्रकारहरुलाई ज्याकेट उपलब्ध गराउने

209 Shares

 प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति ललितपुर शाखाले भूकम्प पीडित पत्रकारहरुलाई न्यानो ज्याकेट उपलब्ध गराउने भएको छ । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति ललितपुरले सेन्टरका ललितपुर शाखाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडित पत्रकारहरुलाई रु तीन लाख बराबरको एक सय थान ज्याकेट उपलब्ध गराइने निर्णय गरेको प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले जानकारी दए ।
“भूकम्पमा परेका पीडित भएका पत्रकार साथीहरुलाई सहयोग पुर्‍याउने हाम्रो उद्देश्य हो । सोही अनुसार हामीले शनिबार जिल्ला कार्य समितिको बैठक बसेर रु तीन लाख बराबरको एक सय थान न्यानो ज्याकेट उपलब्ध गराउने निर्णय गर।ेका छौँ । रुकुम पश्चिम र जाजरकोटका भूकम्प पीडित सबै पत्रकारहरुलाई पुग्ने गरी प्रेस सेन्टर नेपाल केन्द्रीय कार्य समितिमार्फत न्यानो ज्याकेट उपलब्ध गराउँछौँ,” प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति ललितपुर शाखाका अध्यक्ष कार्कीले भने,
त्यस्तै,“संस्थागत रुपमा सहयोग गर्दा आपतमा परेका साथीहरूलाई ठूलो राहत पुग्छ ।गत वर्ष पनि हामीले जिल्लामा क्रियाशील प्रेस सेन्टरका पत्रकार साथीहरूलाई न्यानो ज्याकेट उपलब्ध गराएका थियौँ । यो वर्ष भूकम्प पीडित पत्रकारहरुलाई सहयोग गर्ने निर्णय भएको हो,” प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति ललितपुर शाखाका सचिव दीपक अर्यालले बताए ।

सम्बन्धित समाचार