Close This

नक्कली नेपाली नोटसहित दुई भारतीय पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-५ गते   १२१७ पटक हेरिएको

सर्लाहीको मलंगवाबाट नक्कली नेपाली नोटसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरुको साथबाट रु १ लाख १५ हजार नेपाली नक्कली नोट बरामद भएको सशस्त्र प्रहरी बल १० नं. हे.क्वा गण सर्लाहीले जनाएको छ ।
पक्राउ पर्नेमा भारतको सोनवर्षाका ३७ वर्षीय सुरेन्द्र महतो(आषिश) र ४८ वर्षीय प्रमोद कुमार रहेका सशस्त्र प्रहरलिे जनाएको छ । नक्कली नोट बोकेर भारतीय बजार सोनवर्षाबाट नेपालतर्फ प्रवेश गर्न लाग्दा नाकामै उनीहरु पक्राउ परेका हुन् । सीमा छेउको गोरखकालीस्थित भंन्सार कार्यालय अगाडी ड्युटीमा बसेका सशस्त्र प्रहरीले उनीहरुलाई नक्कली नोटसहित पक्राउ गरेका हुन ।
सशस्त्र प्रहरी बल १० नं. हे.क्वा गण सर्लाहीका सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँका अनुसार उनिहरु बीआर ३० वाइ ४१३९ नम्बरको भारतिय मोटरसाइकलमा आएका थिए । डिउटीमा रहेका सशस्त्र प्रहरीलाई शंका लागेपछि चेकजाँच गर्नेक्रममा मोटरसाईकलको डिक्की र सिटको बीचमा लुकाएर ल्याएको रु १ हजार दरका १ सय १५ वटा नोट बरामद भएको हो । पक्राउ परेका दुबैलाई अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech