महोत्तरीको गौशाला नगरपालिकाको विभिन्न कागजताहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले नियन्त्रणमा लिएको छ।गौशाला नगरपालिकाको कार्यालयमा पुगेर अनुसन्धानका लागि आवश्यक कागजातहरु नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले जनाएको छ ।
आइतबार साँझ आयोगको टोलीले गौशाला नगरपालिका पुगेर चालु आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालन भएका योजनाहरुको सक्कल कागजातहरु नियन्त्रणमा लिएको आयोगले जनाएको छ।आईतबार साँझ ५ बाजे कार्यालय पुगेका टोलीले ८ बजेसम्म कर्मचारीहरुसँग सोधखोज गर्दै चालु आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालन भएका योजनाहरुका सक्कल कागजात नियन्त्रणमा लिएको हो ।गौशाला बहुमुखी क्याम्पसलाई दिएको अनुदान,गौशाला बजार ठेक्का,नगरका विभिन्न वडाहरुमा सञ्चालन भएको तालिम,खेलकुद,सडक निर्माण र उपभोक्ता समितिमार्फत भएको निर्माण कार्यको फाइलहरु आयोगको टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।
गौशाला नगरपालिकामा नगर प्रमुख डा.दिपेन्द्र महतो र उप प्रमुख रेणु कुमारी महत्तो बीचको विवाद चरम उत्कर्षमा पुगेको छ ।नगर प्रमुख डा.महत्तोले विभिन्न योजनाहरुमा भ्रष्टाचार गरेका,दर्ता चलानीमा बद्मासी गरेका भन्दे नगर उप प्रमुख रेणु कुमारीले दर्ता चलानी पुस्तिका नियन्त्रणमा लिनुका साथै उक्त दर्ता चलानी पुस्तिका नियन्त्रणमा लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा बुझाएकी थिईन् ।दर्ता चलानी पुस्तिका नियन्त्रणमा लिएपछि उपप्रमुख महतोको कार्यकक्षमा नगर प्रमुख डा.महतोले ताला लगाइ दिएका थिए । त्यसपछि जिल्ला प्रशासन कार्यालय जलेश्वर महोत्तरीमा विभिन्न दलहरु सहित प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल समेतको रोहबरमा असार ७ गते छलफल भई तीन वुँदा र पाँच उप बुँदामा लिखित सहमती भएको थियो।तर नगर प्रमुख डा.महत्तो र प्रमुख प्रशासकीय अधिकृत केशव अधिकारी धानुकको मिलेमतोमा नगर उप प्रमुख रेणुको कार्याकक्षमा ताला लागि रहेको छ भने उप प्रमुख रेणु विगत लामो समयदेखि नगरपालिकाको आफ्नो कार्यकक्षमा बस्न पाएकी छैनन् । नेकपा(एमाले)का नेता एवम महोत्तरी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोईरीको आडमा गौसाला नगरपालिकाका नगर प्रमुख डा.महतोले आफ्नो दादागिरी चलाई रहेका स्थानीयको भनाई छ ।सो विषयमा बुझ्न नगर प्रमुख डा.महतो र प्रमुख प्रशासकीय अधिकृत अधिकारीलाई फोन गर्दा उनीहरुको फोन लागेन्।साथै प्रमुख जिल्ला अधिकारी रिसालले आफु बैठकमा भएको बताएर फोन काटे ।