सर्लाहीको हरिपूर्वा नगरपालिका २ मा निर्माण भएको नेपाल विद्युत् प्राधिकरणको सव स्टेशन चार्ज गर्न सुरु गरिएको छ।करिब दुुई वर्ष पहिला निर्माण सम्पन्न भएको सव स्टेशन हरिपूर्वा र ईश्वरपुर नगरपालिका क्षेत्रका केही स्थानहरुमा पोल गाड्ने विषयमा विवाद भएपछि सव स्टेशन सञ्चालनमा आउन सकेको थिएन् ।
लामो प्रयासपछि पोल गाड्ने काम सम्पन्न गरी प्राधिकरणले सव स्टेशन सञ्चालनका लागि ट्रान्सफर्मर चार्ज गर्ने काम अघि बढाएको नेपाल विद्युत प्राधिकरण मधेश प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामका प्रमुख मुनेन्द्र ठाकुरले जानकारी दिए । उनका अनुसार स्टेशन ट्रान्सफर्मर चार्ज सकेर पावर ट्रान्सफर्मर चार्जिङको काम भइरहेको छ ।
अहिले सम्मको परीक्षणमा सव स्टेशनको अवस्था ठीक रहेको र चार्जिङको काम सकेर अब एक हप्ताभित्रमा मलंगवाबाट तानिएको बत्ती काटेर हरिपूर्वा सव स्टेशनबाटै बत्ती छाड्ने तयारी रहेको नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय जनकपुरधामका प्रमुख ठाकुरले बताए ।
लामो प्रयासपछि सञ्चालनमा आउन लागेको हरिपूर्वा सव स्टेशनमा चार्जिङको काम भइरहँदा जनकपुरबाटै प्राविधिक परिचालन गरिएको छ।थप परीक्षण र सव स्टेशनको अवस्था बुुझ्न काठमाडौंस्थित केन्द्रीय कार्यालयबाट प्राविधिक टोली आउने नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय जनकपुरधामका प्रमुख ठाकुरले बताए ।
हरिपूर्वाको सवस्टेशन चालू नहुँदा मलंगवादेखि बत्ती ल्याउनु पर्दा लामो प्रशारण लाइनका कारण हरिपुर्वा,इश्वरपु,चन्द्रनगर,ब्रम्हपुरी र पर्सा लगायतका क्षेत्रमा छिन छिनमै बत्ती कट्ने,बत्ती आउँदा भोल्टेज नहुने,कुनै प्राविधिक गढबढी हुँदा दिनभर बत्ती नआउने जस्ता समस्या थियो।हरिपूर्वाको सवस्टेशन सञ्चालन भएपछि यी क्षेत्रमा विद्यूत नियमित हुनुका साथै भोल्टेजको स्तर बढ्ने प्राविधिकहरुले बताएका छन् ।
पूर्व पश्चिम राजमार्गस्थित बाँके चोकमा ढल्केबरतर्फबाट ल्याइएको ३३ केभी लाइन जोडेर श्रीनगर,वसन्तपुर,हरिपूर्वा हुँदै सव स्टेशनमा पु¥याइएको छ।सव स्टेशनबाट ११ केभीको दुईवटा फिडरबाट उपभोक्तालाई बिजुली वितरण गर्ने प्राधिकरणको तयारी रहेको छ ।